गृह » पृथ्वी जोगाउने अभियानमा चित्रकला
कला समाचार समाज

पृथ्वी जोगाउने अभियानमा चित्रकला

भरतपुर । द हेल्प र अन्तराष्ट्रिय युवा समाजको संयुक्त आयोजनामा शनिबार भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा कमलदेवी बोर्डिङ स्कुल रामपुरका विद्यार्थी परिदेन रेग्मी पहिलो भएका छन् ।
त्यसैगरी ‘पृथ्वी जोगाऊँ’ शीर्षकमा भएको चित्रकला प्रतियोगितामा ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरका निक्शन सिलवाल दोस्रो, प्यारामाउन्ट स्कुल पर्साढापकी पार्वती गुरूङ तेस्रो र सान्त्वना पुरस्कार प्रेरणा स्कुलकी सिग्पा तामाङले जितेकी छन् । पुरस्कारको राशी पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः पाँच हजार, चार हजार, दुई हजार र एक हजार रुपैयाँ रहेको थियो ।
३९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता द हेल्पका उपाध्यक्ष तेजकुमार दवाडीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा चितवनका सहायक जिल्ला शिक्षा अधिकारी गंगाधर रिमाल प्रमुख अतिथि रहेका थिए । प्रतियागिताको उद्घाटन कार्यक्रममा आयोजक संस्था सम्बद्ध व्यक्तित्वहरु डा वसन्त अधिकारी, चितवन युवा समूह अन्तर्र्रािष्ट्रय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी, अध्यक्ष नेपाल मैत्री समाजका अध्यक्ष वीरेन्द्र पौडेल, शोभा पौडेलले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट