गृह » एमाले भरतपुर–२६ को समीक्षा
राजनीति

एमाले भरतपुर–२६ को समीक्षा

ज्योतिनगर । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं. २६ को समीक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
एमाले चितवनका सचिवालय सदस्य कृष्ण भुर्तेल प्रमुख अतिथि रहेको कार्यक्रममा एमाले चितवनका सदस्य भूपालनाथ कँडेल, सुरेश घिमिरे, अनेरास्ववियु चितवनका उपाध्यक्ष धिपन भण्डारीलगायतले स्थानीय निर्वाचनको समीक्षा गर्दै मन्तव्य राखेका थिए ।
कार्यक्रम नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं. २६ का अध्यक्ष कर्णबहादुर खाणको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट