गृह » फ्रेण्डस् क्लबलाई हराउँदै विजय यूथ सेमीफाइनलमा
खेलकुद

फ्रेण्डस् क्लबलाई हराउँदै विजय यूथ सेमीफाइनलमा

भरतपुर । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ को आइतबार भएको खेलमा विजय युथ क्लब हेटौंडा विजयी भएको छ ।
नारायणगढ क्याम्पाचौरमा भएको खेलमा निर्धारित समयमा फ्रेण्डस् क्लब र विजयी युथ दुबै टिमको तर्फबाट गोल नभएपछि खेल टाइबे्रकरमा पुगेको थियो । टाइ ब्रेकरमा विजयीले फ्रेण्डस् क्लब ललितपुरलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो । विजय युथ सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइ ब्रेकरमा फ्रेण्डस् क्लबको ३ वटा प्रहार छेकेका विजय युथका गोल किपर अशोक बराल खेलको ‘म्यान अफ दि म्याच’ भए । उनले नगद ५ हजार प्राप्त गरे । खेल अवधिमा दुबै टिमले उत्कृष्ट मौका गुमाएका थिए । विजय युथले नियमित जसो पोष्ट प्रहार गरे पनि गोल हुन भने सकेन । फ्रेण्डस्का गोल किपरले पटकपटक विजय क्लबको अवसरलाई निराशामा बदलिदिएका थिए । आज सोमबारको खेल विभागीय टिम नेपाल पुलिस विरुद्ध पोखरा –११ ले खेल्नेछ ।
प्रतियोगितामा कूल १० टिम सहभागी छन् । तीनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् ।

Comments

About the author

चितवन पोष्ट