गृह » राजधानी बाहिर पहिलो पटक ‘रोबटिक’ प्रतियोगिता
प्रविधि समाचार समाज

राजधानी बाहिर पहिलो पटक ‘रोबटिक’ प्रतियोगिता

भरतपुर । अक्सफोर्ड कलेज गैंडाकोट–२ ले राजधानी बाहिर पहिलो पटक कक्षा ११ र १२ का विद्यार्थीबीच ‘साइन्स एक्जिभिजन एण्ड रोबटिक’ प्रतियोगिता गरेको छ । अक्सफोर्ड कलेजले यसलाई ‘अक्सफोर्ड एस–टेक–२०१७’ नाम दिएको छ ।
प्रतियोगितामा चितवन र नवलपरासीका विभिन्न विद्यालयका २० वटा समूहले भाग लिएका थिए । २० वटा समूहका ६४ विद्यार्थी प्रतियोगितामा सहभागी थिए । उक्त प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल ‘क’ समूह पहिलो भएको छ । वाल्मीकि शिक्षा सदन भरतपुर दोस्रो र अक्सफोर्डकै समूह ‘ख’ तेस्रो भएको छ । नारायणी नमुना माविले सान्त्वना स्थान हासिल गरेको छ ।
अक्सफोर्ड कलेजका संस्थाकप प्रिन्सिपल हरि भण्डारीले प्रतियोगितामा पहिलो भएको समूहले नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरेका थिए । दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ५ हजार प्रदान गरिएको थियो ।
‘उपत्यका बाहिर पहिलो पटक यस्तो कार्यक्रम गरी विद्यार्थीलाई व्यवहारिक प्रयोगात्मक ज्ञानको महत्व बुझाउन सफल भयौँ’ अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीले भने । उनले यस प्रतियोगिताले चितवन र नवलपरासीका सेकेन्डरी स्कुलबीच सुमधुर सम्बन्ध कायम भएको बताए । प्रिन्सिपल भण्डारीले अक्सफोर्डले वर्षैपिच्छे यस्तो प्रतियोगिता गरिरहने बताए ।
कृषि विश्वविद्यालयका डिन शारदा थपलियाबाट प्रतियोगिताको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा इन्जिनियर कृष्ण पोख्रेल, अर्किड कलेजका प्रिन्सिपल खेम आचार्य, अक्सफोर्ड सेकन्डरी साइन्स प्रमुख कृष्णप्रसाद खनाललगायतले प्रतियोगिताले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान मिलेको बताए ।

 

Comments

About the author

चितवन पोष्ट