गृह » सामुदायिक विद्यालयमा नपठाउने शिक्षक विद्यालयमा हाजिर हुन नदिने
शिक्षा समाचार समाज

सामुदायिक विद्यालयमा नपठाउने शिक्षक विद्यालयमा हाजिर हुन नदिने

कावासोती । कावासोतीको जीवनज्योति माविको शनिबार भएको अभिभावक भेलाले आगामी वर्ष नजिकको सामुदायिक विद्यालय वा आफैले अध्यापन गराउने विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयमा हाजिर हुन नदिने निर्णय गरेको छ ।
शिक्षक अभिभावकलगायतको उपस्थितिमा भएको भेलाले विद्यालयका शिक्षकहरुले आफूले सामुदायिक विद्यालयमा पठाउने तर बालबालिका भने यो वा त्यो बाहानामा निजी विद्यालयमा पठाउने गरेकोले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको भन्दै भेलाले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगर्ने शिक्षक तथा कर्मचारीलाई विद्यालय हाजिर हुन नदिने निर्णय गरेको हो ।
कावासोतीका केही विद्यायलले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालयले कार्यान्वयनमा लैजाने चरणमा रहेका छन् । त्यस्तै भेलाले शनिबार अर्जुनबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसम्मत गठन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलाले शिक्षक अभिभावक संघको सदस्यहरुमा सुब्बा श्रेष्ठ, धनमाया राना, सीता रावल, ईश्वरी श्रेष्ठ, अभिषेक सुनार, बालकुमारी महतो र सीता श्रेष्ठलाई चयन गरेको हो ।

 

Comments

About the author

चितवन पोष्ट