गृह » गिद्धको संरक्षण गरी वातावरणमा सन्तुलन कायम गर्नेमा जोड
समाचार समाज

गिद्धको संरक्षण गरी वातावरणमा सन्तुलन कायम गर्नेमा जोड

कावासोती । ९ औं अन्तराष्ट्रिय गिद्ध दिवसको अवसर पारेर नवलपरासीको पिठौलीमा शनिबार गिद्ध संरक्षणमा सचेतना जगाउने उद्देश्यले संरक्षण सम्बन्धी सचेतना गोष्ठी गरिएको छ ।

स्थानीय बासिन्दा, स्थानीय जनप्रतिनिधिलगायतको सहभागितामा सो गोष्ठी गरिएको हो । गोष्ठीमा सहजीकरण गर्दै जटायु रेष्टुरेन्टका डीबी चौधरीले विश्वमा पाइने २३ प्रजातिका गिद्ध मध्ये ९ प्रजाति दक्षिण एसियामा पाइने र ती मध्ये ८ प्रजातिका गिद्ध पिठौलीमा पाइने गरेको बताए ।
उनले पिठौलीमा पाइने ८ प्रजातिका गिद्धमध्ये ४ प्रजातिका गिद्ध रैथाने गिद्ध भएको र ४ प्रजातिका गिद्ध आगन्तुक गिद्ध रहेको समेत बताए । उनले जटायु संरक्षणसँगै यस क्षेत्रमा रहेका पंछी, वन्यजन्तु, जैविक विविधता संरक्षण गरी यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पु¥याउनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले गिद्धले वातावरण सन्तुलन राख्न भूमिका खेलेको बताएका थिए ।

Comments

About the author

चितवन पोष्ट