गृह » ज्योतिनगरमा पशु स्वास्थ्य शिविर
समाचार समाज

ज्योतिनगरमा पशु स्वास्थ्य शिविर

ज्योतिनगर । वन हेल्थ नेपाल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगरमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
भरतपुर महानगरपालिका, जिल्ला पशुसेवा कार्यालय भरतपुर, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर, भेटनरी शिक्षण अस्पताल रामपुर तथा लियो क्लब बालकुमारी कलेज सहआयोजक रहेको पशु स्वास्थ्य शिविरमा त्रिभुवन विश्वविद्यालय रामपुरका प्रा डा दिनेशकुमार सिहंको नेतृत्वमा रहेको वरिष्ठ डाक्टरहरुको टोलीले ९० वटा पशुको निःशुल्क जाँच तथा औषधि वितरण गरेको थियो ।
शिविरमा ल्याइएका पशुहरुमा बाँझोपन, गाईबाख्रामा जुका, नाम्ले, झ्याइकुरे, खडके, स्वास र आन्ध्रा सम्बन्धी रोगहरु स्थानीय पशुहरुमा बढी देखिएको प्रा डा दिनेशकुमार सिहंले बताए । पर्याप्त हरियो घासको अभावमा पशुहरुमा बाँझोपन बढी देखिने बताउँदै डा सिंहले शिविरमा एक खतरनाक ट्युमर क्यान्सर लागेको पशुको शल्यक्रियासमेत गरिएको बताए ।

 

Comments

About the author

चितवन पोष्ट