गृह » क्याम्पसमा राजनीतिकरण गरियो : राज्यमन्त्री अधिकारी
राजनीति समाचार समाज

क्याम्पसमा राजनीतिकरण गरियो : राज्यमन्त्री अधिकारी

रत्ननगर । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वी चितवनको सबै भन्दा पुरानो टाँडी क्याम्पसलाई राजनीतिकरण गरिएको बताएका छन् ।
सोमबार रत्ननगरका पत्रकारसँग बोल्दै उनले राजनीतिक हावी भएका कारण शहीद स्मृति बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर खस्किन गएको बताए । ‘राजनीतिक कारणले क्याम्पसमा लामो समयसम्म ताला लाग्छ’, उनले भने, ‘यस्तो अवस्था सृजना भएपछि कसरी क्याम्पसको शैक्षिक अवस्था सुधार हुन्छ ।’ उनले क्याम्पसलाई राजनीतिबाट टाडा राख्नु पर्ने बताए । दलका विद्यार्थी संगठनले क्याम्पसलाई राजनीतिक गर्ने अखडा बनाएको भन्दै उनले त्यसको अन्त्य हुनुपर्ने बताए । क्याम्पस कसरी सञ्चालन गर्ने भन्ने जिम्मा व्यवस्थापन समितिको हो शिक्षा राज्यमन्त्री अधिकारीले भने मेरो सहयोग कतै अनवश्यक प¥यो भने म गर्न तयार छु । चितवन क्षेत्र नं. २ का सांसदसमेत रहेका अधिकारीले चितवनको शैक्षिक विकासको लागि नीतिगत सुधार गरेर काम गर्ने बताए । उनले निजी विद्यालय र सामुदायिक विद्यालयलाई समान बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए ।
यसैगरी शिक्षा राज्य न्त्री अधिकारीलाई सोमबार रत्ननगर नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । एक कार्यक्रमका बीच नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले शिक्षा राज्यमन्त्री अधिकारीलाई स्वागत गरेका थिए । सो अवसरमा मेयर वनले रत्ननगरको शैक्षिक विकासको लागि पहल गर्न अधिकारीलाई आग्रह गरेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट