गृह » मालपोत चोकका लागि डस्टबिन हस्तान्तरण
समाचार समाज

मालपोत चोकका लागि डस्टबिन हस्तान्तरण

भरतपुर । सुइरो कार्यक्रम नारायणगढले सोमबार भरतपुर मालपोत कार्यालय अगाडिको फोहोर संकलनको लागि डस्टबिन हस्तान्तरण गरेको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई सुइरो कार्यक्रमकी अध्यक्ष मनकुमारी सेनले सो डस्टबिन हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा सुइरो कार्यक्रम नारायणगढका संस्थापक अध्यक्ष नारायण प्रधान, प्लास्टिक व्यवसायी संघका अध्यक्ष डिल्लीराज सापकोटा, रोट्¥याक्ट क्लब अफ चितवनका अध्यक्ष जनककुमार ढकालको उपस्थिति रहेको रोट्¥याक्ट क्लब अफ चितवनका सामुदायिक सेवा निर्देशक परमान्नन्द गौतमले जानकारी दिए । मालपोत चोकमा संकलित प्लास्टिकबाट प्राप्त रकम सामाजिक सेवामा खर्च गरिने क्लबले जनाएको छ ।

 

 

Comments

About the author

चितवन पोष्ट