गृह » व्यवसायिक सुरक्षा कोष बनाइने
समाचार समाज

व्यवसायिक सुरक्षा कोष बनाइने

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि सुरक्षा कोष बनाउने भएको छ ।
संघअन्तर्गतको व्यवसायिक सुरक्षा तथा जनसम्पर्क समितिको बैठकले आगलागी, चोरीलगायतका घटनाबाट भएको क्षतिपूर्ति स्परुप व्यवसायीहरुलाई राहत प्रदान गर्न व्यवसायिक सुरक्षा कोष बनाएर सञ्चालन गर्ने निर्णय गरेको हो । संघको छिट्टै हुने कार्ययोजना निर्माण गोष्ठीमा सो प्रस्ताव पारित गरेर कोष सञ्चालन गर्ने समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन् ।
बैठकमा व्यवसायिक सुरक्षाको लागि रत्ननगर क्षेत्रमा सीसी क्यामरा राख्ने, व्यवसायीको जीवन बिमा गर्ने, उद्यमी महिलाहरुको विकासका लागि रचनात्मक काम गर्ने, जनसम्पर्कका लागि समाचार डेक्स राख्ने र पत्रकारहरुलाई आर्थिक पत्रकारिता तालिम सञ्चालन गर्ने विषयमा छलफल भएको संयोजक घिमिरेले जानकारी दिइन् । बैठकले तय गरिएका योजनाहरुलाई संघको कार्ययोजना निर्माण गोष्ठीमा पेस गरिने छ । संघका अध्यक्ष राजाराम रेगमीले व्यवसायिक सुरक्षाका लागि कार्ययोजना बनाएरै काम गर्ने बताए । उनले व्यवसायिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई संघसँगै अगाडि बढाएर संघको गरिमा उच्च बनाउने बताए ।

Comments

About the author

चितवन पोष्ट