गृह » लियो क्लबहरुको सक्रियतामा राहत वितरण
समाचार समाज

लियो क्लबहरुको सक्रियतामा राहत वितरण

भरतपुर । विभिन्न लियो क्लबहरुको सक्रियतामा शनिबार माडी नगरपालिका–१ रतनपुर क्षेत्रमा बाढीपीडितलाई राहत सामग्रीहरु वितरण गरिएको छ ।
एरिया नम्बर ३ का आठ लियो क्लबहरुले संकलन गरेको म्याट, व्याङ्केट, झुललगायतका सामग्रीहरु ८५ वटा घरलाई वितरण गरिएको लियो बालकुमारी नारायणगढका अध्यक्ष विज्ञान पौडेलले जनाए । त्यसैगरी सोही अवसरमा राष्ट्रिय आधारभूत विद्यालय रतनपुरमा अध्ययरत ६१ विद्यार्थीलाई स्टेशनरीलगायतका सामग्रीहरु वितरण गरिएको थियो । त्यस्तै नारायणगढमा रहेको साईराम डेण्टलको सहयोगमा शनिबार सोही स्थानमा दन्त शिविरको पनि आयोजना गरिएको थियो । शिविरमा ७५ जनाको दाँतको परीक्षण भएको थियो । कार्यक्रममा डेन्टलले उनीहरुलाई दन्त मञ्जन, साबुन, फलफूल, ब्रसलगायतका सामग्रीहरु निःशुल्क वितरण गरेको थियो ।
राहत वितरण कार्यक्रममा साईराम डेण्डलका प्रवन्धक अजय न्यौपाने, सरिता थापा न्यौपाने, माडी नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल, लियो डिस्ट्रिक्ट जोयन्ट सेक्रेटरी महादीप श्रेष्ठ, एरिया कोअर्डिनेटर दिप्सन ढुंगाना, रिजन कोअर्डिनेटर पुष्कर कोइराला र विकास पाण्डेको उपस्थिति रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट