गृह » कलाकारबाट सुकुमवासीलाई सहयोग
कला समाचार समाज

कलाकारबाट सुकुमवासीलाई सहयोग

रत्ननगर । नेपाली कलाकारहरुले रत्ननगर–८ स्थित रमाइलो टोलका बाढीपीडित सुकुमबासीहरुलाई राहत वितरण गरेका छन् ।
शनिबार माडीमा राहत वितरणपछि कलाकार निर्मल शर्मा नेतृत्वको टोली रमाइलो टोल आएर राहतस्वरुप व्ल्याङ्केट र टिसर्ट वितरण गरेका हुन् । उनीहरुले सो टोलका प्रत्येक घरधुरीलाई एक एक थान व्ल्याङ्केट र टिसर्ट प्रदान गरे । सो टोलमा २० घरधुरी छ । सो टोलीमा हास्य कलाकार शर्मासहित गायक संजय श्रेष्ठ, कमलकान्त मैनाली, सगरमाया ओरोही माया गुरुङ, व्यवसायी मनोज श्रेष्ठलगायत आवद्ध छन् । बाढीबाट प्रभावित भएकाहरुलाई सहयोग गर्न गठन गरिएको एक अर्काका लागि नामक संस्थाबाट उनीहरुले नेपालका विभिन्न स्थानमा राहत वितरण गरिरहेका छन् । कलाकार निर्मल शर्माका अनुसार सप्तरी, झापा, चितवनलगायत अन्य जिल्लाका बाढी पीडितहरुलाई आवश्यकता अनुसार सहयोग गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट