गृह » चार मुक्तक
साहित्य

चार मुक्तक

 

— विनोद खत्री ‘आकाश’
लाचार यो सरकारसँग केही अधिकार नखोज
सहन सक्ने क्षमता छ हामीमा प्रतिकार नखोज
मर्दैछन् नेपाली जनताहरु तड्पी तड्पी यहाँ
भो सरकार बिहार जोगाउने परोपकार नखोज

गर्नेले सहयोग गरुन् चन्दा नबनोस्
उठाएर आफ्नो भर्ने धन्दा नबनोस्
मर्दैछन् नेपालीहरु दिन प्रर्तििदन यहाँ
केही गर सरकार पछि फन्दा नबनोस्

कतिको यहाँ बास खोसियो
कतिको यहाँ श्वास खोसियो
भोट दिईदिई जिताएका थियौँ
जनता हो आज आश खोसियो

हरेक वर्षासँग डुब्ने हाम्रो देश छ
अकालमा नर्क पुग्ने हाम्रो देश छ
बहादुर नेपाली भनी गर्व गर्छौं यहाँ
सधैँ भारतसँग झुक्ने हाम्रो देश छ

(ललितपुर)

 

Comments

About the author

चितवन पोष्ट