गृह » गजल प्रतियोगितामा भीमप्रसाद प्रथम
समाचार समाज साहित्य

गजल प्रतियोगितामा भीमप्रसाद प्रथम

भरतपुर । युवा कवि मोतीराम भट्टको १५२ औ जन्मजयन्तीको अवसरमा कालिका एफएमले आयोजनागरेको गजल वाचन प्रतियोगितामा देवघाटका भीमप्रसाद खतिवडा प्रथम भएका छन् ।
प्रतियोगितामा निशान दाहाल द्वितीय, काठमाडौका सृजन थपलिया तृतीय र भरतपुरकी नयन अधिकारीले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । एफएम परिसरमा सम्पन्न प्रतियोगितामा चितवन, नवलपरासी, तनहुँलगायतका जिल्लाका प्रतियोगीहरुले गजल वाचन गरेका थिए ।
वरिष्ठ साहित्यकार प्रेमविनोद नन्दन प्रमुख अतिथि रहेको कार्यक्रममा वरिष्ठ साहित्यकारहरु केदानाथ खनाल, गोविन्दराज विनोदी, समालोचक डीआर पोख्रेल साहित्यकार कपिल अज्ञात , गोर्खे साइलो, प्रभाकर पण्डितलगायतका अतिथिहरुले मोतिराम भट्टको बारेमा बोलेका थिए । कार्यक्रममा गजलमञ्चका पूर्वअध्यक्ष पुष्पअघिकारी अन्जली, रमेश प्रभातले निणार्यकको भूमिका निर्वाह गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट