गृह » खैरहनी र राप्तीका जनप्रतिनिधि सम्मानित
राजनीति समाचार समाज

खैरहनी र राप्तीका जनप्रतिनिधि सम्मानित

खैरहनी । खैरहनी र राप्ती नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको खगेन्द्रमल्ली उपभोक्ता समितिले स्वागत तथा सम्मान गरेको छ ।
समितिले शनिबार आयोजना गरेको यस क्षेत्रको पर्यटन विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा खैरहनीका नगर प्रमुख लालमणि चौधरी, खैरहनी–१० का वडाध्यक्ष सदस्यहरु, ११ का वडाध्यक्षसहित सदस्य, राप्ती नगर प्रमुख प्रभाव बराल, राप्ती ६ का वडाध्यक्षसहित सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो । समितिका अध्यक्ष सुकबहादुर तामाङ र उपाध्यक्ष धर्मराज सेढाईँले उनीहरुलाई दोसल्ला ओढाइ प्रमाणपत्रले सम्मान गरे । सो अवसरमा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले खैरहनी र राप्ती नगरपालिकालाई प्रकृतिले अपार सम्पति दिएको भन्दै यस क्षेत्रलाई सौराहासँग जोडेर विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा वरालले टिकौलीदेखी समग्र पूर्वी चितवनलाई सौराहाको नामले चिनाउन आवश्यक रहेको बताइन् । यस क्षेत्रमा प्राकृतिक सम्पत्ति प्रसस्त रहेकाले थोरै लगानीमा पनि पर्यटन विकास गर्न सकिने उनले बताइन् । सो अवसरमा खगेन्द्रमल्ली उपभोक्ता समितिले सामुदायिक वनहरुको पञ्चवर्षीय योजना निर्माण तथा यस क्षेत्रको जैविक विविधता संरक्षणमा पु¥याएको योगदानको मूल्यांकन गर्दै चितवन राष्ट्रिय निकुञ्ज पूर्वीसेक्टर प्रमुख एवम् सहायक संरक्षण अधिकृत अभिनय पाठकलाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष सुकबहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी–१० का वडाध्यक्ष कारीराम चौधरी, ११ का वडाध्यक्ष हाकिमसिं उप्रेती, राप्ती ६ का वडाध्यक्ष जल्लु महतो, समितिका उपाध्यक्ष धर्मराज सेढाई, कार्यालय सचिव माधव अर्याललगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट