गृह » रत्ननगरमा मधुमेह परीक्षण शिविर
समाचार समाज स्वास्थ्य

रत्ननगरमा मधुमेह परीक्षण शिविर

रत्ननगर । लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजना तथा रत्ननगर पोलिक्लिनिकको सहकार्यमा शनिबार रत्ननगरमा निःशुल्क मधुमेह रोगको परीक्षण तथा परामर्श कार्यक्रम भएको छ ।
लायन डिष्ट्रिक ३२५ बीटु नेपालका एमबास्टर अफ गर्भनर दीपेन्द्र खतिवडा प्रमुख अतिथि रहेको कार्यक्रममा १२० बिरामीले स्वास्थ्य परीक्षण गर्नुका साथै विशेषज्ञबाट आवश्यक परामर्श लिएका थिए । क्लबको नियमित मासिक कार्यक्रमअन्र्तगत निःशुल्क मधुमेह रोगको परीक्षण तथा परामर्श कार्यक्रम गरिएको सचिव हेमराज आचार्यले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट