गृह » जनप्रतिनिधिलाई उद्योग संघको सुझाव, हातेमालो गरेर विकासमा जुटौँ : मेयर रेणु
प्रमुख समाचार

जनप्रतिनिधिलाई उद्योग संघको सुझाव, हातेमालो गरेर विकासमा जुटौँ : मेयर रेणु

?

–तुलमान गुरूङ
भरतपुर । चितवन उद्योग संघले भरतपुर महानगरपालिकाको विकास तथा समृद्धिका लागि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् । महानगरपालिकाका मेयर, उपमेयरसहित २९ वटै वडाका वडाअध्यक्षलाई शुक्रबार भरतपुरमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी नगरको विकासका लागि सुझाव दिएका हुन् ।
महानगरपालिका क्षेत्रभित्रका ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने बेला आएको चितवन उद्योग संघले जनाएको छ । बजारमा फोहारमैलाको बढ्दै गएकोले फोहोरलाई मोहरमा परिणत गर्न सकिने संघका द्वितीय उपाध्यक्ष राजु पौडेलले बताए । साथै भरतपुर महानगरलाई पूर्णरूपमा वातावरणमैत्री नगर बनाउनका लागि गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।
बजारमा सबैभन्दा ठूलो समस्या अस्तव्यस्त सवारी साधन सञ्चालन र पार्किङ रहेकोले निजी सवारी साधनभन्दा सार्वजनिक सवारी साधनको प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरूलाई अगाडि बढाउन जनप्रतिनिधिहरूलाई सुझाव दिए ।
संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले नेपाली युवाशक्ति दिनानुदिन बिदेसिँदा औद्योगिक तथा प्राविधिक शिक्षासहितको सहर निर्माण गर्नु आवश्यक रहेको बताए । ‘नेपालमा प्रशस्त मात्रामा व्यवस्थित तरिकाले उद्योग तथा कलकारखानाहरू सञ्चालन गर्न सकेमा देशका लाखौँ युवाहरूलाई स्वदेशमै रोजगारको वातावरण मिलाउन सकिन्छ,’ उनले भने । साथै अत्याधुनिक प्रदर्शनी स्थलसहितको शहर निर्माणको परिकल्पनाका साथ चितवन उद्योग संघ अघि बढिरहेको भन्दै यसलाई पूर्णता दिनका लागि महानगरमात्रै नभई जिल्लाका सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
संघका अध्यक्ष भीमबहादुर पाण्डेले नगरलाई समृद्ध बनाउने भन्दै गर्दा भनेजस्तो सजिलो नभएकोेले भनाइलाई व्यवहारमा उतार्नका लागि जनस्तरबाट पनि सहयोग गर्न सबैलाई अनुरोध गरे । कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षको प्रतिनिधित्व गर्दै भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष अरूणपीडित भण्डारीले चितवन उद्योग संघले चालेको कदमलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । आफूहरू जनताको काम गर्न आतुर भएको भन्दै सहयोग र सहकार्य दुवैतर्फ हुनुपर्ने उनले बताए ।
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले बजेटबिना कुनै पनि काम सम्भव नभएकोले महानगरलाई आर्थिक विकासको बाटोतर्फ लैजानुपर्ने बेला आएको बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत रहेका अधिकारीले भने, ‘महानगर विकासका लागि पहिले आर्थिक विकास हुनुपर्छ । नत्र भनेजस्तो काम गर्न कठिन छ ।’ समाज परिवर्तन गर्छौं भनेर आइसकेपछि आफूबाटै राम्रो कामको सुरूवात गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेणु दाहालले महानगरवासीको सल्लाह र सुझावको आधारमा महानगरलाई समृद्ध बनाउने योजना रहेको बताइन् । सबै मिलेर गर्ने हो भने भरतपुर मानगरपालिकामात्रै नभई सिंगो चितवनमै विकासको प्रचुर सम्भावना रहेको उनले दाबी गरिन् ।
‘हामी डटेर लाग्ने हो भने विकासको संभावना प्रचुर छ,’ उनले भनिन्, ‘त्यसैले हामी सबैले ९प्रतिनिधिहरूले० दलीय र व्यक्तिगत स्वार्थलाई पछाडि राखेर काम गर्नुपर्ने बेला आएको छ ।’
महानगरका विभिन्न समस्यालाई समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेयर दाहालले भनिन्, ‘हामीले गर्नु छ त केवल विकास गर्नुछ । महानगरलाई समृद्ध नगर निर्माण गर्नुछ ।’ तर, निर्वाचनको बेलामा पक्ष–विपक्ष भए पनि अबको समय भनेको सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बेला आएको उनले बताइन् । अबको पा“च वर्षसम्ममा सबै दलका प्रमुखहरूका साथै स्थानीय बुद्धिजीवीहरूस“ग सल्लाह–सुझाव लिएर काम गर्ने उनको भनाइ छ ।

सबै जनताको पहुँचमा खानेपानी पु¥याउन निर्देशन
भरतपुर । भरतपुर महानगरपालिकाको सबै जनताको पहुँचमा खानेपानी पु¥याउन मेयर रेणु दाहालले निर्देशन दिएकी छिन् ।
भरतपुर खानेपानी व्यवस्थापन वोर्डले आयोजना गरेको स्वागत तथा सम्मान एवम् बोर्ड बैठकलाई सम्बोधन गर्दै मेयर दाहालले पानी मानव जीवनको अत्यावश्यक बस्तु रहेको भन्दै आगामी दुई वर्षभित्र महानगरभित्र ‘एक घर ः एक धारा’ पु¥याउने लक्ष्यका काम गर्न निर्देशन दिएकी हुन् ।
महानगरलाई समृद्ध बनाउने एउटा सूचकमध्ये खानेपानी रहेको भन्दै उनले स्वच्छ पानी पिउनु हरेक माहानगरवासीको अधिकार भएको बताइन् ।
सो अवसर बोल्दै उपमेयर पार्वती शाहले महानगरमा अझै पनि स्वच्छ पानी पिउनु पर्छ भन्ने धेरै ग्रामीण क्षेत्रमा बस्नेहरु समस्या रहेको भन्दै जनचेतनाको कामसमेत गर्नुपर्ने बताइन् ।
सो अवसरमा स्वागत गर्दै खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले महानगरको हाल १४ वटा वडामा मात्रै आफूहरुले सेवा दिइएको बताउँदै सेवा विस्तारका लागि आफूहरु लागिपरेको बताए ।
कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलले नेपाल सरकारले समेत चितवनमा सन् २०१७ भित्र जिल्लाको सबै क्षेत्रमा आधारभूत खानेपानीको पहुँच पुग्ने भन्दै स्वच्छ खानेपानी पु¥याउन आफूहरु पनि सक्रिय बनेको बताए ।
कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष राजन गौतमलगायतले बालेका थिए । भरतपुरको १४ वटाभन्दा बढी वडामा २७ हजार बढीले बोर्डको धारा जोडी खानेपानी पिउँदै आएका छन् ।

Comments

About the author

चितवन पोष्ट