गृह » एईसीसी ग्लोबलको चितवनमा  ‘अष्टेलियन एजुकेशन डे’
शिक्षा समाचार समाज

एईसीसी ग्लोबलको चितवनमा  ‘अष्टेलियन एजुकेशन डे’

भरतपुर । एईसीसी ग्लोबलले अष्टे«लिया गएर पढ्न चाहने विद्यार्थीहरुको लागि शुक्रबार भरतपुरमा निःशुल्क ‘अष्ट्रेलियन एजुकेशन डे’ कार्यक्रम गरेको छ ।
भरतपुर ओरालोको रोयल सेन्चुरी होटलमा गरेको ‘अष्ट्रेलियन एजुकेशन डे’ कार्यक्रममा चितवनलगायत आसपास जिल्लाका करिब ५०० विद्याथीले सहभागिता जनाएका थिए । सहभागी विद्यार्थीहरुलाई अष्टेलियाका १० विश्वविद्यालयका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।
एईसीसी ग्लोबलले चितवनअघि काठमाडौँ र पोखरामा यस्तो कार्यक्रम गरिसकेको छ । अष्ट्रेलियाका विश्वविद्यालयका प्रतिनिधिहरुलाई यहीँ उपस्थित गराएर काउन्सेलिङ गराइएको हुनाले धेरै इच्छुक विद्यार्थीहरुको सहभागी भएका एईसीसी ग्लोबलका बिजनेस प्रमुख सचिन उपाध्यायले
बताए । उनले भने, ‘हामीले अष्टे«लियाका १० विश्वविद्यालयका प्रमुख प्रतिनिधिहरुलाई चितवन बोलाएर काउन्सिलिङ गरिरहेका छौँ ।’
१२ कक्षा पास गरेर आईएलटीएस गरेर उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीहरुलाई एईसीसी ग्लोबलले अष्टे«लिया पठाइरहेको छ । चितवनको भरतपुरस्थित बालमन्दिर चोकमा एईसीसी ग्लोबलको शाखा खुलेको ८ महिना भइसकेको छ ।
‘आठ महिनामा हामीले थुप्रै विद्यार्थी अष्ट्रेलिया पठाइसकेका छौँ । आउँदो डिसेम्बरसम्म हामीले चितवनबाट ५० जना विद्यार्थी अष्ट्रेलिया पठाउँदछौँ’ एईसीसी ग्लोबलका चितवन प्रमुख विनोद लुइँटेलले भने । उनले अष्ट्रेलियाबाटै विश्वविद्यालयका प्रतिनिधिहरुलाई बोलाएर काउन्सिलिङ गराइनु नौलो भएको बताए । उनले भने, ‘यस्तो कार्यक्रममा हामी बोल्नै पर्दैन विश्वविद्यालयका प्रतिनिधि बोल्छन् ।’
एईसीसी ग्लोबल अष्ट्रेलियाका २८ वटा विश्वविद्यालयका अथोराइज्ड एजेन्ट भएको विजनेस प्रमुख उपाध्यायले बताए । नेपालमा काठमाडौँ, पोखरा र चितवनमा यसको शाखा छ । यसको मुख्य कार्यालय अष्टे«लियाको मेलबर्नमा रहेको छ । एईसीसी ग्लोबलको ग्रिस, सिंगापुर, भारत, थाइल्याण्ड, फिलिपिन्सलगायतका देशमा शाखाहरु रहेको छ ।
यसले विर्तामोड र बुटवलमा छिट्टै शाखा खोल्ने तयारी गरिरहेको छ । एईसीसीको पहिलो शाखा नेपालको काठमाडौँमा खोलिएको थियो । यसको नेपालमा शाखा खोलेको ५ वर्ष भएको छ ।
‘कुनै पनि कन्सलटेन्सी अष्टे«लियाको विश्वविद्यालयको अथोराइज्ड एजेन्ट हो कि होइन भन्ने कुरा बुझ्न जरुरी छ, हामीले त्यो कुरा विद्यार्थीहरुलाई बुझाएका छौँ । विद्यार्थीहरुलाई छानीछानी विश्वविद्यालय रोज्न पाउँछन्’ चितवन प्रमुख लुइँटेलले भने, ‘हामी भिजा लाग्ने ग्यारेन्टी भएपछि विद्यार्थीको प्रोसेस चाल्छौँ, त्यसै विद्यार्थीलाई भुलाएर डकुमेन्ट लिएर बस्दैनौँ ।’ बिहान ११ बजेदेखि बेलुकी ५ः३० सम्म कार्यक्रम संचालन भएको थियो । यस्तो कार्यक्रमलाई गत वर्ष जसरी यस वर्ष पनि एईसीसी ग्लोबलले निरन्तरता दिएको हो ।

Comments

About the author

चितवन पोष्ट