गृह » अस्सफोर्ड कलेजका पवन नेपाल तेस्रो 
शिक्षा समाचार समाज

अस्सफोर्ड कलेजका पवन नेपाल तेस्रो 

भरतपुर । गैंडाकोट–२ मा रहेको अक्सफोर्ड मावि तथा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा पढेका विद्यार्थी पवन शर्मा पौडेल १२ कक्षामा नेपाल तेस्रो भएका छन् ।
अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीले २०७४ सालको विज्ञान संकायतर्फ कक्षा १२ को अन्तिम परीक्षामा छात्र पवन शर्मा पौडेल नेपालकै तेस्रो र उपत्यका बाहिर पहिलो हुन सफल भएको जानकारी दिए । कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यार्थी पवनसहित उनका अभिभावकहरुलाई सम्मान गरेको थियो । पौडेलले ८८.६० प्रतिशत अंक ल्याएका थिए । अक्सफोर्डबाट पौडेलसँगै ८० प्रतिशत भन्दा बढी अंक ल्याउने १३ जना र ७५ प्रतिशत भन्दा बढी अंक ल्याउन २३ जना विद्यार्थी छन् ।
यसअघि पनि अक्सफोर्डमा पढेका व्यवस्थापन संकायतर्फ प्लस टुमा पवन कँडेलले ८८.६० प्रतिशत अंक ल्याएर नेपाल तेस्रो र उपत्यका बाहिर पहिलो भएका थिए । ‘अक्सफोर्डमा पढेका विद्यार्थी दुई÷दुई पटक नेपाल तेस्रो र उपत्यका बाहिर पहिलो हुन सफल भएका छन्’ प्रिन्सिपल हरि भण्डारीले
भने ।
हालसम्म अक्सफोर्डमा पढेका ७२ जना विद्यार्थीहरुले डिन लिष्ट पदवी प्राप्त गरेका छन् भने ५/५ वटा स्वर्ण पदक हासिल गरेका छन् ।
नेपाल तृतीय तथा उपत्यका बाहिर प्रथम भएका पौडेललाई ४ बर्षको शतप्रतिशत छात्रवृत्ति दिने कलेजले घोषणा गरेको छ । कलेज दोस्रोलाई ३ लाख ५० हजार तेस्रोलाई ३ लाख ८० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई २ लाख ५० हजार र ६० प्रतिशतभन्दा बढी अंक ल्याउनेलाई आवश्यकता हेरी छात्रवृत्ति प्रदान गरिने कलेजका प्रिन्सिपल भण्डारीले बताए ।
उपत्यकाभन्दा बाहिर पहिलो पटक अक्सफोर्ड कलेजले प्लस टु विज्ञान तथा प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी गैंडाकोटमा अक्सफोर्ड एस टेक गर्ने भएको छ । यही भदौ १७ गते कलेज परिसरमा अक्सफोर्ड एस टेक गरिने प्राचार्य भण्डारीले बताए ।

Comments

About the author

चितवन पोष्ट