गृह » तेक्वान्दो खेलाडी श्रेष्ठलाई सम्मान
खेलकुद समाचार समाज

तेक्वान्दो खेलाडी श्रेष्ठलाई सम्मान

रत्ननगर । दक्षिण कोरियामा सम्पन्न ११ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक विजेता रत्ननगर–६ सौराहा निवासी गोपाल श्रेष्ठलाई शुक्रबार सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भएको प्रतियोगितामा रजत पदक जितेर नेपालको नाम राख्न सफल भएको भन्दै बछौली सेवा केन्द्रले श्रेष्ठलाई सम्मान गरेको हो । सेवा केन्द्रमा आयोजित कार्यक्रममा बछौली सेवा केन्द्रअन्र्तगत रहेका वडा नं ६ का वडाअध्यक्ष बलराम दाहाल, वडा नंं ७ का वडाअध्यक्ष राजन भट्ट र वडा नं ५ का वडाअध्यक्ष कृष्ण महतोले श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
सो अवसरमा वडा नं ६ का वडाअध्यक्ष बलराम दाहालले श्रेष्ठले खेलको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चितवनको मात्र नभई सौराहाका नाम राख्न सफल भएको भन्दै उनलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए । कार्यक्रममा बछौली सेवा केन्द्रका प्रमुख पुष्पराज आचार्य, सौराहा जेसीजका अध्यक्ष सूर्यबहादुर तामाङ, जेसीजका राष्ट्रिय उपाध्यक्ष रामशरण सिलवाल, खेलाडी गोपाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
२२ वर्षदेखि तेक्वान्दो खेलमा निरन्तर क्रियाशील श्रेष्ठ चितवन जिल्ला तेक्वान्दो संघका जिल्ला उपाध्यक्ष हुन् । उनी तेक्वान्दोका राष्ट्रिय निर्णायक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् ।

Comments

About the author

चितवन पोष्ट