गृह » तीन पत्रकार पुरस्कृत
समाचार समाज

तीन पत्रकार पुरस्कृत

भरतपुर । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट तीनजना वरिष्ठ पत्रकार काठमाडौँमा पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १८औँ स्थापना दिवसको अवसरमा शुक्रबार उनीहरू पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुनेहरुमा खिम घले, सञ्जय सन्तोषी राई र रमिता लामा रहेका छन् । उनीहरुलाई ताम्रपत्रसहित जनही नगद २० हजार रुपैयाँ प्रदान गरिएको फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरूङले जानकारी दिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको हातबाट उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कार प्रदानपछि बोल्दै प्रमुख अतिथि गुरूङले आदिवासी जनजातिहरूको साझा सवालमा पत्रकारहरूले सन्तुलित समाचार पस्कन सक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका महासचिव अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्य, संघीय प्रेस सेन्टरका सचिव विजय चाम्लिङ, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा लगायतले फोनिजको योगदान र पत्रकार महासंघको आगामी महाधिवेसनबारे बोलेका थिए ।
कार्यक्रम फोनिजका अध्यक्ष डण्ड गुरुङको सभापतित्वमा सम्पन्न भएको हो ।

Comments

About the author

चितवन पोष्ट