गृह » दाउरा प्रहार गरी श्रीमतीको हत्या
समाचार समाज

दाउरा प्रहार गरी श्रीमतीको हत्या

कावासोती । नवलपरासीको कावासोतीमा चिर्पट दाउरा प्रहार गरेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजेश थापाका अनुसार बिहिबार राति २ बजेको समयमा ५२ वर्षका धनबहादुर सार्कीले मादक पदार्थ सेवन गरेर घरमा आएर श्रीमतीसँग झैँझगडा गर्ने क्रममा आवेशमा आएर दाउरा प्रहार गर्दा श्रीमती ४६ वर्षकी उमाकुमारी सार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।
उनलाई प्रहरीले तत्कालै पक्राउ गरेको प्रनानि थापाले बताए । मृत्यु भएकी उमाको शव पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वाथ्य केन्द्रमा राखिएको छ । पक्राउ परेका धनबहादुरलाई ज्यान मुद्दामा जिल्ला चलान गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट