गृह » कविता
साहित्य

कविता

प्याउली परियार
साउनसँगै किसानहरु
थोरै खाई धेरै उब्जाउने
बेला आइसकेछ साउन
म त सिलाएकै सिलायै थिएँ
झमझम पानी पर्दा पो
याद आयो मलाई
वर्षा त लागिसकेछ
म त टोलाएको टोलायै थिएँ
किसान खुसी हुँदै
स्याखु बोकेर हिँड्दा पो
चाल पाएँ त मैले ।

सम्हाएका खेतबारीमा
धान रोप्ने सिजनसँगै
समयले साथ दिँदै आएछ
न झरी न वर्षे खेती
छैन म संलग्न त्यसमा
म त सिलाएको सिलायै हुन्छु
घाँसपात र कुटोकोदालोसँगै
झुलेकाहरु हर्षोल्लास देखाउँछन्
कृषक पर्छन् दंग
मनसुनी पानीमा फुरूंग पर्नेहरु
मौका र अवसर छ छोप्नेहरुलाई
दकुर्दै छन्
आफ्ना खेतबारीमा
बाउसे र रोपाहार
घरपरिवार र समाज अहिले
एकजुट भएका छन्
राम्रो उब्जनी गर्नका लागि
ढुंगा र माटोसँगै
खेल्दै अनि जुध्दै
साउनमा पनि
असारे गीतको भाका मिलाउँदै,
अब सुरू गर्छु
धान खेत रोप्नलाई मैले पनि
अब सुरू गर्छु
मानु रोपेर मुरी उब्जाउन मैले पनि ।

 

Comments

About the author

चितवन पोष्ट