गृह » अभागी म
साहित्य

अभागी म

— प्रज्ञा सापकोटा

शब्द त धेरै छन् विरहका
कोरेरै सकिँदैन
याद त धेरै आउँछ दुःखद घटनाको
भुल्न सकिँदैन
माया त धेरै छ
चाहेर पनि प्रसाद झैँ
सबैलाई दिन सकिँदैन
स्वार्थी भैसक्यो यो संसार
अब यहाँ बाँच्न सकिँदैन ।

शब्द धेरै भए पनि
कोर्न मान्छे भेटिँदैनन्
याद धेरै आए पनि
सम्झाउने मान्छे कोही छैनन्
माया त कहिल्यै पाउन सकिनँ
दिऊँ कसलाइ दिऊँ
न त छिन् आमा, न त छन् बाबु
कसका लागि म बाचूँ
कोही छैन आफ्नो भन्ने
कसरी आफूलाई सम्हालूँ !

दुई ढुंगाबीचको तरूल बनाई
के हेरिरहेछौ दैव ?
तिमी पनि कति निष्ठुरी रहेछौ
मेरो खुसी छिन्यौ
आमाबुबा दुवै खोस्यौ
मलाइ पनि लैजाऊ
कोही रहेन पापी दुनियाँमा
काँडाबीचको फूल ।

के लाउने के खाने
बाटोको नै बास भो
मलाईजस्तो दुःख दैव
अरुलाइ नदेऊ
बरू बाँकी सबै अब
मै अभागीलाई थपिदेऊ ।

Comments

About the author

चितवन पोष्ट