गृह » चुमेका ओठहरु
साहित्य

चुमेका ओठहरु

सीएल प्रधान
तिमीले चुमेका ओठहरु धुन मलाई मन छैन
तिम्रो सिउँदोमा पोतिएको सिन्दूर पुछ्न मलाई मन छैन

के गरुँ के नगरुँ रत्ति चैन छैन
पराईले दिएको घुम्टो ओढ्न मलाई मन छैन

हृदयका बासनाहरु कता कता हराएर गए
तिमीले चुमेका ओठहरु चोख्याउन मन छैन

सपनामा प्रेमका माला सजाएर राख्यौ
पन्चे बाजा बजाएर मलाई आउन मन छैन

कता कता तिमी बिलाए झैँ लाग्यो
मनभित्रका कुत्कुती हराए झैँ लाग्यो

तारा जति गने पनि गन्न सकिएन
जति माया गरे पनि गर्न सकिएन

जति हे¥यो उति राम्रो हेर्न गाह्रो भो
जति आँसु झारे पनि हेर्न गाह्रो भो

तिमीबिना जिउन मलाई मर्नु र बाँच्नु भो
किन होला यस्तो भाको सोच्नै गाह्रो भो

Comments

About the author

चितवन पोष्ट