गृह » पुस्तकालय स्थापनाको लागि सहयोग
अर्थ समाचार समाज

पुस्तकालय स्थापनाको लागि सहयोग

गीतानगर । भरतपुर महानगरपालिका–१३ का कृष्ण ढुंगाना ‘अनुरागी’ ले आफ्नो पत्नी सरस्वती घिमिरे जन्मदिनको अवसरमा गीतानगरमा रहेको सामाजिक संस्था योङ नेपाललाई आठ हजार रूपैयाँ सहयोग गरेका छन् ।
साउन २५ गते परेको जन्मदिनको अवसरमा पुस्तकालय स्थापना कोषको स्थापना गरेका हुन् । समाज विकासको दायित्व हाम्रो पनि भएकोले वर्तमान पुस्ताले बिर्सदै गर्दा उनले श्रीमती सरस्वती घिमिरेको नाम मार्फ त औपचारिक रुपपमा कोषको स्थापना गरेका हुन् ।
सहयोग रकम बुझेपछि योङ नेपालका अध्यक्ष विवेक पोख्रेलले संस्थाले आर्थिक कारणले पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यो सहयोग कोसेढुंगा सावित हुने बताए । उनले यस कार्यले गीतानगर र पटिहानी क्षेत्रमा खड्किएको पुस्तकालय र पठनशैलीको अभावलाई अन्त्य गर्ने बताए ।

Comments

About the author

चितवन पोष्ट