गृह » विपन्न परिवारलाई सहयोग
अर्थ समाचार समाज

विपन्न परिवारलाई सहयोग

देवघाट । श्री वागिश्वरी आध्यात्मिक परिषद्ले योगी नरहरीनाथ आश्रम देवघाटमा रहेर लामो समय गौसेवा गरेका गौसेवक स्व. प्रेमबहादुर थापाको परिवारलाई आर्थिक सहयोग भएको छ ।
थापाको निधन भएको १० औ दिनको पुण्यतीथिमा परिषद्ले परिवारलाई क्रिया खर्चका लागि १० हजार रूपैयाँ सहयोग गरेको हो । देवनगरमा रहेको स्व थापाको घरमा नै पुगेर देवघाट क्षेत्र विकास समितका अध्यक्ष टंकनाथ पौडेले ,परिषद् अध्यक्ष शान्तप्रसाद पोखरेल, महासचिव भोजराज भटराई र सचिव सृजना अर्यालसहितले थापाको छोरी पूजा थापालाई सो रकम हस्तान्तरण गरेका हुन् । ७६ वर्षीय थापाको श्रावण १४ गते ह्दयघात का कारण निधन भएको थियो । उनको श्रीमती, दुई छोरा र पाँच छोरी रहेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट