गृह » भण्डारामा रक्तदान
समाचार समाज स्वास्थ्य

भण्डारामा रक्तदान

भण्डारा । पूर्वीचितवनको भण्डारामा गौतम समाज जिल्ला कार्यसमिति चितवनले बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा २६ जनाले रक्तदान गरेको सल्लाहाकार डिल्लीराम गौतमले जानकारी दिए । समाजका केन्द्रीय सदस्य बाबुराम गौतम प्रमुख अतिथि रहेको कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले मन्तव्य राखेकी थिइन् । समाजका जिल्ला अध्यक्ष डिल्लीप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव सुधीर गौतमले सञ्चालन गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट