गृह » विद्युत् प्राधिकरण कावासोतीले एक करोड ६८ लाख बक्यौता रकम असुल्यो
अर्थ समाचार समाज

विद्युत् प्राधिकरण कावासोतीले एक करोड ६८ लाख बक्यौता रकम असुल्यो

रामकुमार श्रेष्ठ
कावासोती । नेपाल विद्युत् प्राधिकरण कावासोतीले गत आर्थिक वर्षमा एक करोड ६८ लाख रूपैयाँ बक्यौता महसुल असुल गरेको छ ।
कावासोती वितरण शाखाले आर्थिक वर्ष २०७३÷७४ मा ८७१ जना ग्राहकको लाइन काटेको छ । उनीहरुबाट दुई करोड २१ लाख चार हजार ३१८ रूपैयाँ ७६ पैसा उठ्न बाँकी रहेकोमा ती मध्ये ८२८ जना ग्राहकबाट एक करोड ६८ लाख ६३ हजार ५४२ रूपैयाँ ५८ पैसा बक्यौता रकम उठेको कार्यालयले जनाएको छ ।
त्यसैगरी कालो सूचीमा परेका ४० जनाबाट एक लाख १४ हजार ९१ रुपैयाँ असुल गर्न सफल भएको नेपाल विधुत् प्राधिकरण कावासोती वितरण शाखा लेखाप्रमुख चिरन्जीवी शर्माले बताए ।
नेपाल विधुत् प्राधिकरण कावासोती वितरण शाखाले नवलपुर क्षेत्रका करिब ५८ हजार ग्राहकलाई विद्युत् वितरण गर्दे आएको छ ।
उनीहरुले बुझाएको महसुलबाट गत आर्थिक वर्षमा ६७ करोड राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा यस वितरण शाखामा ५३० जनाको बक्यौता बाँकी रहेको छ । ५३० जनाबाट एक करोड ३४ लाख ६४ हजार ७८७ रूपैयाँ ८६ पैसा बक्यौता बाँकी रहेको नेपाल विधुत् प्राधिकरण कावासोती वितरण शाखा लेखा प्रमुख चिरन्जीवी शर्माले जानकारी दिए ।
उर्जा मन्त्रालयले तीन महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने आदेश दिएसँगै कावासोती वितरण शाखाले सोही अनुसार लाइन काट्दै आएको छ यस आर्थिक वर्षमा केन्द्रले ८७१ जनाको लाइन काटेको छ ।
लाइन काटिएका ग्राहकहरुले महसुल बुझाउन साथ उनीहरुको लाइन जडान गरिन्ने जनाइएको छ । लाइन काटिएको ६ महिनासम्ममा तिर्न बाँकी रहेको महसुल बुझाउनुपर्ने प्रावधान रहेको छ । यदि ग्राहकले ६ महिनासम्म महसुल नबुझाएको खण्डमा उनीहरुलाई कालो सूचिमा राखिने र उनीहरुलाई प्राधिकरणबाट प्राप्त हुने सेवा सुबिधाबाट बन्चित गरिने शर्माले बताए ।
यस केन्द्रले बिधुत् चुहावट नियन्त्रणलाई कम गर्न तीव्रताका साथ लागेको छ । यस वर्ष ८३४ वटा हुकिङ हटाएको छ । त्यस्तै ११३ धान विधुतीय सामान जफत गरेर १४२ जना चोरीका ग्राहकलाई कारबाही गरेको छ भने लाइन चोरीबाट यस वर्षमा १५ लाख २९ हजार २१७ रुपैयाँ २० पैसा संकलन गर्न सफल भएको छ ।

Comments

About the author

चितवन पोष्ट