गृह » क्याम्पाचौरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने
खेलकुद

क्याम्पाचौरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

नारायणगढ । चितवनमा सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ ।
नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गतेसम्म पहिलो ई–प्लानेट जेसीजक कप आयोजना हुन लागेको हो । खेल नारायणगढ क्याम्पाचांैरमा हुने भएको छ ।
नेपाल आर्मी, सशस्त्र र पुलिस गरी तीन विभागीय टिम, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा र क्षेत्रीयस्तरका चितवन–११, झापा–११, पोखरा–११, विजय युथ हेटौंडा क्लब प्रतियोगितामा सहभागी हुने नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेले तीन लाख ५० हजार रूपैयाँ र द्वितीय हुनेले एक लाख ७५ हजार रूपैयाँ हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको बेस्ट गोल किपर, म्यान अफ दि सिरीज, हरेक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने कार्यक्रम संयोजक अमृतकुमार श्रेष्ठले जानकारी दिए ।
करिब ४७ लाख खर्चमा प्रतियोगिता गर्न लागिएको हो । खेल विकाससँगै कुरिनटारमा जेसीसद्वारा निर्मित भूकम्पपीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको छ । खेलको मुख्य प्रायोजकमा ई–प्लानेट शैक्षिक परामर्श केन्द्र नारायणगढ रहेको छ ।

Comments

About the author

चितवन पोष्ट