गृह » मेयर दाहाल र उपमेयर शाह सम्मानित
राजनीति समाचार समाज

मेयर दाहाल र उपमेयर शाह सम्मानित

भरतपुर । नेपाल महिला संघ चितवनले स्थानीय निर्वाचनमा जिल्लाबाट प्रमुख र उपप्रमुखमा विजयी महिलालाई सम्मान गरेको छ ।
नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा मंगलबार कांग्रेस पार्टी कार्यालय कमलनगरमा विजयी उम्मेदवारहरुलाई सम्मान गरेको हो । सो सम्मान कार्यक्रमा कांग्रेस माओवादी गठबन्धनकी भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहाल, उपप्रमुख पार्वती शाह र इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरूङलाई सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले विजयी तीनै उम्मेदवारलाई सम्मान गरेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि रेग्मीले, देशकै केन्द्रमा रहेको भरतपुर महानगर र पहाडी गाउँपालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाउनुले समग्र महिलाले गौरव गर्न पाएको बताए । उनले राज्यकको संविधान र पार्टीको विधानमा लेखेरमात्र समाजमा समानता कायम नहुने भन्दै महिलाले सो हक अधिकारलाई लिन पछि हट्न नहुने सुझाव समेत दिइन् । अब हुन लागेका प्रादेशिक र केन्द्रीय निर्वाचनमा समेत महिलाले खुट्टा नकमाइकन उम्मेदवारी दिनु पर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले महिलाले चलाएको संघसस्थामा भष्ट्राचार कम हुने बताए । महिलाले नेतृत्व गरेको महानगर र गाउँपालिकालाई उत्कृष्ट बनाउनु पर्ने बताउँदै सोको लागि पार्टीले सधै साथ दिने विश्वाससमेत व्यक्त गरे ।
भरतपुरमहानगरकी मेयर रेणु दाहालले महानगरको विकास र सम्मृद्धि लागि लागि पर्ने बताउँदै निकटतम प्रतिस्पर्धी देवी ज्ञवालीको सल्लाह सुझाव समेत आत्मसाथ गर्ने बताइन् । उनले मैले ल्याएको मतका साथै अन्य उमेदवारको मतको आफूले कदर गर्ने समेत बताइन् । पुरुषको तुलनामा महिलामा स्वार्थ पनि कम हुने भन्दै भरतपुरलाई नमुनाको महानगर बनाएरै छोड्न्े सो अवसरमा प्रतिबद्धता पनि व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रमा उपमेयर पार्वती शाहले पनि नेपालको महिला आन्दोलनमा महिला संघका अग्रजहरुको योगदान सधै स्मरणीय रहेको बताइन् । उनले महिला संघको सम्मानले थप जिम्मेवारी थपिएको भनाई राख्नुका साथै महानगरपालिकालाई नमूना बनाउन सबैको साथ र सहयोगको लागि आग्रह गरिन् ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका प्रमुख गीता कुमारी गुरूङले पहाडी गाविसमा काम गर्न चुनौती रहेको बताइन् । विशेषगरी चेपाङ, गुरूङलगायत जनजातिहरुको बाहुल्यता रहेको गाउँपालिका धेरै समस्याहरु रहेको भनाइ राखिन् । नेपाल महिला संघ चितवनकी सचिव लक्ष्मी लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघकी सस्थापक अध्यक्ष कृण्णकुमारी श्रेष्ठले धन्यवाद र सदस्य रेखा पोखरेलले स्वागत मन्त्वय दिएकी थिइन् । स्थापना दिवसमा अघिल्ला वर्पहरुमा पनि संघले विभिन्न कार्यक्रम गर्ने गरेको कोषाध्यक्ष रीता अधिकारी काप्रीले जानकारी दिइन् ।

Comments

About the author

चितवन पोष्ट