गृह » सुनचाँदी साकोसको पाँचौं साधारणसभा
अर्थ समाचार समाज

सुनचाँदी साकोसको पाँचौं साधारणसभा

भरतपुर । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा प्रवद्र्धित सुनचाँदी बचत तथा ऋण सहकारीको सोमबार पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
थोपा थोपा लगानीमा सुनचाँदी साकोसले पछिल्लो समय वित्तीय क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएकोमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी प्रशिक्षक रामबाबु पौडेलले प्रशंसा गरे । कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय चितवनका संयोजक शान्ति अधिकारी, चितवन बचत तथा ऋण सहकारीका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, जिल्ला सहकारी संघ लिका उपाध्यक्ष हरिप्रसाद पौडेल, सुनचाँदी साकोसका संस्थापक अध्यक्ष विपिन रामुदामु, माँ मनकामना साकोसका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, विश्वकर्मा साकोसका अध्यक्ष यमबहादुर विश्वकर्मा, सल्लाहकार गोविन्द पाध्य, स्वर्ण खबर मिडिया प्रालिका अध्यक्ष अमिर रामदामलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एसईई परीक्षा २०७४ मा सुनचाँदी साकोसका सेयर सदस्यका छोरा छोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा साकोसका सचिव राजु बरालीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन साकोसका कोषाध्यक्ष टेकबहादुर विश्वकर्मा, लेखा प्रतिवेदन साकोसका लेखा संयोजक त्रिलोक भिकेले प्रस्तुत गरेका थिए । कार्यक्रम साकोसका अध्यक्ष अर्जुन रसाइलीको अध्यक्षतामा भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट