गृह » निर्वाचित प्रतिनिधिले खाए सपथ, एमालले किन ग¥यो बहिष्कार ?
राजनीति समाचार समाज

निर्वाचित प्रतिनिधिले खाए सपथ, एमालले किन ग¥यो बहिष्कार ?

किशोर खनाल
भरतपुर । भरतपुर महानगरपालिकामा एमालेबाहेक जननिर्वाचित प्रतिनिधिले सपथ लिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट विजयी भएकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलगायतले एमालेबाहेकका जननिर्वाचित प्रतिनिधिले सोमबार सपथ खाएका छन् ।
जिल्ला समन्वय समितिका सभाहलमा निर्वाचित भएका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह र वडाध्यक्षहरुलाई मुख्य निर्वाचित अधिकृत कविराज न्यौपानेले सपथ ग्रहण गराएका थिए ।
‘प्रचलित कानुनको अधिनमा रहेर मुलुक र जनताको सोझो चिताउँदै कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह र खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ काम गर्नेछु’ भनी मेयर रेणु दाहाललगायत निर्वाचित प्रतिनिधिले सपथ लिएका थिए । जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सपथ लिएपछि मेयरमा निर्वाचित रेणु दाहालले साझा मेयर बनेर काम गर्ने बताइन् । उनले भनिन्, ‘म सम्पूर्ण नगरवासीको भावनको कदर गर्छु । व्यक्तिगत स्वार्थमा नलागी उत्कृष्ट नमुना महानगर बनाउन लाग्नेछु ।’
एमालेले आज सपथ लिने
नेकपा एमालले आइतबारको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । मतपत्र च्यातेर विजयी हुनेहरुसँग कुममा कुम जोडेर सपथ ग्रहण नगर्ने भन्दै एमालले सपथ कार्यक्रम बहिष्कार गरेको हो । ‘जनमतको कदर नगरी मतपत्र च्यातेर जित्नेसँग कसरी एउटै मञ्चमा बसेर सपथ खाने ?’ भरतपुर–१० बाट निर्वाचित भएका एमालेका वडाध्यक्ष अरुणपीडित भण्डारीले भने, ‘हामी आज मंगलबार अलग्गै सपथ खान्छौँ र जनताको काममा लाग्छौँ ।’
एमालले आज मंगलबार भरतपुर–१० को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी डिभिजनको हलमा सपथ लिने भएको छ । मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले एमालेका निर्वाचित प्रतिनिधिहरुलाई सपथ खुवाउने छन् । ‘विकासका साझा कार्यक्रममा हाम्रो समर्थन हुन्छ’ १० का वडाध्यक्ष भण्डारीले भने, ‘भ्रष्टचार तथा अनियमितता, जनभावना विपरीत हुने कार्यक्रमहरुमा हाम्रो सधैँ खबरदारी रहनेछ ।’
भरतपुर महानगरपालिकामा एमालेबाट ७० जना निर्वाचित जनप्रतिनिधि रहेका वडाध्यक्ष भण्डारीको भनाइ छ । भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको उनले बताए । वडा २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको हो ।
१२ वटा कांग्रेसले जितेको छ । ३ वटा वडा माओवादी केन्द्रले जितेको हो । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्बर वडा जितेको हो । माओवादीले १३, २५ र २६ नम्बर वडा जितेको छ ।

Comments

About the author

चितवन पोष्ट