गृह » महिलालाई ओपीडी टिकट निःशुल्क
समाचार समाज

महिलालाई ओपीडी टिकट निःशुल्क

भरतपुर । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहले सपथ ग्रहणपछि आइतबारै पदभार ग्रहण गरेका छन् ।
महानगरपालिकाका कर्मचारीहरुले मेयर उपमेयरलाई स्वागत गरेका थिए । ‘पदभारसँगै भरतपुर अस्पतालमा सम्पूर्ण महिलालाई ओपीडी टिकट निःशुल्क गर्ने निर्णय गरेका छौँ’ उपमेयर पार्वती शाहले भनिन् । उनले ६० वर्ष कटेका वृद्धवृद्धाहरुलाई पनि ओपीडी टिकट निःशुल्क गरेको जानकारी दिइन् ।
‘बैठक बसेको छैन, पहिलो बैठकले हामी थप नयाँ कार्यक्रम ल्याउनेछौँ’ उपमेयर पार्वती शाहले भनिन् ।

Comments

About the author

चितवन पोष्ट