गृह » भरतपुर १३ मा जनप्रतिनिधिलाई स्वागत
राजनीति समाचार समाज

भरतपुर १३ मा जनप्रतिनिधिलाई स्वागत

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १३ का निर्वाचित जनप्रतिनिधिहरुलाई वडाका कर्मचारी र स्थानीयले आइतबार स्वागत गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष प्रकाश दवाडी, सदस्यहरु किशोर पौडेल, गजराज न्यौपाने, महिला दलित सदस्य सीता दर्जी, महिला सदस्य कुमारी लोलाई वडा सचिव रचना सिंहले डायरी र कलम दिएर स्वागत गरेकी हुन् । स्वागत कार्यक्रमपछि बोल्दै वडा अध्यक्ष दवाडीले भरतपुर वडा १३ कृषि र पयर्टनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले कृषि र पर्यटन क्षेत्रको विकासमा काम गर्ने जनाएको सामाजिक अभियन्ता विवेक पोखरेलले बताए ।

Comments

About the author

चितवन पोष्ट