गृह » गण्डकी बैंकको मुनाफा ५४ करोड बढी
अर्थ

गण्डकी बैंकको मुनाफा ५४ करोड बढी

भरतपुर । गण्डकी विकास बैंकले गत आर्थिक वर्षमा ५४ करोड छ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो वर्षको तुलनामा ८० दशमलब ८३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा गण्डकीले २९ करोड ८९ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ८४ करोड ३९ लाख रूपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ९३ करोड ४९ लाख रूपैयाँ राखेको छ । निक्षेपमा ६३ दशमलब ६३ प्रतिशतले वृद्धि गरी १८ अर्ब ३३ करोड ४५ लाख रूपैयाँ संकलन गरेको बैंकले कर्जामा ६० प्रतिशत वृद्धि गरी १६ अर्ब ५१ करोड ८० लाख रूपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ८३ दशमलव ३० प्रतिशतले बढेर एक अर्ब छ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७६ दशमलव ८९ प्रतिशतले बढेर ८४ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा दुई करोड ४६ लाख रुपैयाँ राखेको छ ।
गण्डकी विकास बैंकको पूँजीकोषको अनुपात १९ दशमलव ५८ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलब ४० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २९ दशमलव ३२ रूपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५० दशमलव रूपैयाँ र तरलता अनुपात २५ दशमलव ८७ गुणा रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट