गृह » रोट्¥याक्टले मित्रता दिवस मनायो
समाचार समाज

रोट्¥याक्टले मित्रता दिवस मनायो

भरतपुर । रोट्¥याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रहेको जोन २ मा रहेका क्लबहरुले आइतबार विश्व मित्रता दिवस मनाएका छन् ।
रोट्¥याक्ट अञ्चल प्रतिनिधि विष्णुकान्त काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा रोट्¥याक्ट क्लब अफ चितवन, रोट्¥याक्ट क्लब अफ भरतपुर, रोट्¥याक्ट क्लब अफ नारायणी मिड टाउन, रोट्¥याक्ट क्लब अफ नारायणगढ र रोट्¥याक्ट क्लब अफ रत्ननगरका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । पाँच क्लबका ८१ जनाको सहभागिता रहेको कार्यक्रममा अञ्चल प्रतिनिधि काफ्लेले केक काटेपछि एकआपसमा केक खुवाएर मित्रताको साटासाट गरिएको थियो । कार्यक्रममा एक क्लबले अर्काे क्लबका साथीहरुलाई मित्रता रिबन बाँधिदिएर आपसमा खुसी साटासाट गरेको रोट्¥याक्ट क्लब अफ चितवनका अध्यक्ष जनककुमार ढकालले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट