गृह » ‘दी नेवार्स’ : नेवारहरुको धर्म–संस्कृतिलाई उजागर गर्ने कृति
साहित्य

‘दी नेवार्स’ : नेवारहरुको धर्म–संस्कृतिलाई उजागर गर्ने कृति

— राजेन्द्र गिरी 
१. लेखक परिचय :
यस ‘दी नेवार्स’ कृतिका लेखक गोपालसिंह नेपाली नेपाली समाजशास्त्र तथा मानवशास्त्रका क्षेत्रमा अत्यन्तै परिचित र आदरणीय नाम हो । उहाँले लामो समय भारतको बनारस हिन्दु विश्वविद्यालयमा अध्यापन गरी पछि त्रिभुवन विश्वविद्यालयमा आवद्ध रहेर लामो समय सेवा गर्नुभयो । हाल उहाँको देहान्त भइसकेको छ ।
नेपाली स्वदेशी समाजशास्त्री तथा मानवशास्त्रीहरुमध्ये उहाँले नै सबैभन्दा पहिला संरचनागत प्रक्रियात्मक सैद्धान्तिक ढाँचा प्रयोग गरी ‘दी नेवार्स’ भत्रे कृति तयार पार्नुभएको थियो । व्यक्तिगत रुपमा लेखक नेपाली अत्यन्तै सरल र विद्वान् देखिनुहुन्थ्यो । उहाँका प्रत्येक व्याख्या र विवेचनामा समाजशास्त्रीय तथा मानवशास्त्रीय विवेचना देखिन्थ्यो । लामो समयसम्म अध्यापनमा रहेर पनि प्रकाशनमा लाग्न रूचि नदेखाउनु भएका नेपालीले सधैँ स्तरीयताको, नेपाली सन्दर्भको तथा नेपाली बहुल संस्कृतिका बारेमा नै बढी चर्चा गर्नुहुन्थ्यो ।
२. कृति परिचय :
‘दी नेवार्स’ मूलतः काठमाडौँमा विशेषगरी कीर्तिपुरका नेवार समुदायमा आधारित रहेर तयार पारिएको कृति हो । पूर्ण रुपमा कार्यक्षेत्र अध्ययन गरी तयार पारिएको यस कृति भारतको बम्बईको युनाइटेड एसिया प्रकाशनबाट प्रकाशित भएको हो ।
यो पुस्तक सन्दर्भ पेजबाहेक ४७६ पेजमा आबद्ध छ, जसलाई १५ वटा अध्यायमा विभाजन गरिएको छ । त्यसमा प्रायः सबै प्राथमिक तथ्यमा आधारित भएको देखिन्छ । यो कृति पूर्ण रुपमा संरचनावादी कार्यवादी सैद्धान्तिक दृष्टिकोणमा आधारित छ । नेपाली समाज र संस्कृतिको अध्ययनमा सैद्धान्तिक उपागमन योग गरी तयार पारिएको कृति यो नै पहिलो हो । यसले समाजशास्त्र तथा मानवशास्त्र अध्ययनमा निकै मह¤व राख्ने गरेको छ । यस कृति तयार पार्दा लेखक गोपालसिंह नेपाली प्रकार्यवादी मेलोनोस्की र संरचनागत प्रकार्यवादी रेडक्लिफ ब्रोनसँग प्रभावित भएको पाइन्छ ।
यस पुस्तकलाई लेखक  नेपालीले १५ वटा विभिन्न अध्यायमा विभाजन गर्नुभएको छ, जसअनुसार अध्याय एकमा ‘परिचय’ शीर्षक दिइएको छ । यसमा नेपालको भौगोलिक अवस्थिति, ऐतिहासिक पृष्ठभूमि, उत्पादन व्यवस्था तथा भाषा र संस्कृतिका बारेमा सामान्य चर्चा गरिएको छ । यसमा लेखकद्वारा नेपाल राज्य एकीकरणको प्रक्रियासँगै काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिमा केही परिवर्तन आएको उल्लेख गर्दै पर्वते खस संस्कृतिको प्रभाव काठमाडौँका नेवारहरुमा सूक्ष्म रुपमा परेको तर नेवारी मौलिक संस्कृति विशिष्ट रुपमा रहेको तथ्य पनि उल्लेख गरिएको छ ।
लेखक नेपालीले अध्याय दुईमा ‘आर्थिक र भौतिक जीवन’ शीर्षक राखी अध्ययन क्षेत्रका नेवारहरुको अर्थतन्त्रको मूल आधार कृषि भएको तथ्य देखाउनुभएको छ । यसैगरी, नेवारी बसोबासका बारेमा चर्चा गर्दै ती बसोबास जातिअनुसार विभिन्न टोलमा छुट्टाछुट्टै रहेको उल्लेख गरिएको छ । लेखक नेपालीले नेवारी समुदायमा रहेका जातीय विभाजनका बारेमा मह¤वका साथ उल्लेख गर्नुभएको छ, जसमा रहेको जातीय विविधता, पेसागत विभित्रता र एकता, यसको प्रभाव नेवारी गुठी व्यवस्थामा परेको समेत उल्लेख गरिएको छ । यसैगरी, यही शीर्षक दोस्रो गरी अध्याय तीन उल्लेख गरी नेवारहरुको आफ्नै मातृभाषा, कला र साहित्य रहेको, नेवारी विशिष्ट पोशाक र विभिन्न प्रकृतिका खानका प्रकारहरु रहेका बारेमा चर्चा गरिएको छ, जुन व्याख्या प्रकार्यवादी सैद्धान्तिक व्याख्यामा आधारित छ ।
लेखक नेपालीले अध्याय चारमा जन्म तथा विवाहसम्मका संस्कारहरुका बारेमा उल्लेख गर्नुभएको छ । उनीहरुमा छोराप्रतिको चाहना बढी हुने, बच्चा जन्मिएपछि अशुद्धताको भावना रहने, जुन नजिकका दाजुभाइहरुमा पनि रहने र बच्चा जन्मँदा हिन्दुधर्म मात्रे नेवारहरुले दस दिन र बुद्ध धर्म मात्रे नेवारहरुले चार वा छ दिनका दिन न्वारान गरी चोख्याउने प्रचलन रहेको बारे चर्चा गरिएको छ । यसैगरी, छोरी मान्छेको मासिक धर्मअगावै बेल विवाह गर्ने प्रचलन रहेको छ, जसलाई इही भनिन्छ । यी सबै संस्कारका कार्यमा समुदायका सदस्यहरु, आफन्त तथा परिवारका सदस्यहरुबीच रहने प्रकार्यात्मक सम्बन्धका बारेमा लेखकले चर्चा गर्नुभएको छ ।
अध्याय पाँचमा मृत्युसम्बन्धी चर्चा गर्दै मानिसको मृत्यु हुँदा साना गुठीलाई खबर गर्ने र पछि गुठियारहरुको उपस्थितिमा मात्र शवदाह स्थानसम्म पु¥याउने चलन रहेको बारेमा उल्लेख गरिएको छ । वास्तवमा शव कसले उठाउने, कसले राख्ने, बोक्ने, कसले शवबाजा बजाउने भन्ने कार्य जातीय आधारमा हुने गरिएको उल्लेख गर्दै त्यसलाई प्रकार्यात्मक सम्बन्धको राम्रो उदाहरण भएको टिप्पणी लेखकले गर्नुभएको छ ।
अध्याय छमा सामाजिक संगठनका बारेमा चर्चा गरिएको छ, जसमा उनले नेवारी जातीय संरचनाका उच्च ब्राह्मणदेखि अछूत जातसम्म रहेको उल्लेख गर्दै प्रत्येक जातअनुसारका पेसा निर्धारण गरिएको बारे चर्चा गरिएको छ । जातीय आधारमा उच्चदेखि न्यून तहका जाति भए पनि त्यसभित्रको द्वन्द्व, शोषण, कलहजस्ता पक्षलाई जोड नदिई लेखकले जातीय आधारमा रहेको प्रकार्यात्मक सम्बन्धका बारेमा चर्चा गर्नुभएको छ ।
अध्याय सातमा लेखकले गुठी संगठनका बारेमा चर्चा गर्दै नेवारी परम्पराअनुसार समाजमा प्रत्येक तहका कार्य गर्न गुठी रहने गरेको र सोही गुठीमा सामेल भई सामाजिक, सांस्कृतिक कार्यमा सहभागी हुने गरेको तथ्य उठाउनुभएको छ । लेखक नेपालीले नेवार समाजको गुठीको मह¤व तथा त्यसले केकसरी सबै नेवारी समुदायलाई एकीकरण गरेको छ भत्रे तथ्यमा बढी जोड दिएर व्याख्या गर्नुभएको छ । यसरी हेर्दा जातीय आधारमा तल–माथि भएर पनि सामाजिक आधारमा गुठीमा सबैको मह¤व रहेको तथ्य देखिएको उल्लेख गरिएको छ, जसमा जातीय अस्तित्वलाई स्वीकारिएको छ ।
प्रस्तुत ‘दी नेवार्स’ कृतिको आठौँ अध्यायमा विवाहसम्बन्धी चर्चा गर्दै त्यस जातिमा मागी विवाहको प्रचलन बढी रहेको उल्लेख गरिएको छ । यसैगरी, अध्याय दसमा परिवारका बारेमा चर्चा गरिएको छ, जसमा नेवारी समाज पितृप्रधान भएको, परिवारमा मेलमिलाप बढी हुने भए तापनि सामाजिक रुपमा सम्बन्धविच्छेद गर्न सकिने अवस्था रहेको, अधिकांश परिवार एकल हुने गरेको नेपालीले चर्चा गर्नुभएको छ । यसैगरी, अध्याय एघारमा नेपाली नाता व्यवस्थाका बारेमा चर्चा गर्दै नेवारी समुदाय नातेदारी प्रथामा जेलिएको बारे उल्लेख गर्न खोजिएको छ । नाताहरुमा गरिने लेनदेन, आवतजावत, आमन्त्रण, मानमर्यादाजस्ता पक्षले नेवारी समाजलाई प्रगाढ बनाएको तथ्य लेखकको रहेको छ ।
अध्याय बाह्र र तेह्रमा नेवारी परम्परा, संस्कार, प्रचलन, मान्यता आदिका बारेमा चर्चा गरिएको छ । नेवारहरु हिन्दु तथा बौद्धमार्गी भएको र यी दुवैमा धार्मिक प्रवृत्ति रहेको तथ्य उल्लेख गर्दै धार्मिक विश्वास, मान्यता र दृष्टिकोणबाटै नेवारी सामाजिक, सांस्कृतिक जीवन संरचना रहेको बारे चर्चा गर्दै धर्मलाई मेलोनोस्की दुर्खिम तथा वेवरले व्याख्या गरेजस्तै नेवारी समाजलाई प्रकार्यात्मक एकता गराउने माध्यमका रुपमा व्याख्या र विश्लेषण गरिएको छ ।
अध्याय तेह्रमा खासगरी नेवारी चाडपर्वका बारेमा चर्चा गरिएको छ, जसमा नेवारहरुमा रहेका विभित्र प्रकृतिका जात्रा, पूजा, पर्व, मेला आदिका बारेमा चर्चा गर्दै नेवारी परम्पराबाट जातीय एकतामा बल पुगेको बारे चर्चा गरिएको छ । गाईजात्रा, घोडेजात्रा, इन्द्रजात्रा, बिस्केटजात्राजस्टता उत्सव र पर्वमा प्रत्येक नेवार जातिको संलग्नता रहने परम्परा उल्लेख गर्दै यस्ता व्यवहारले नेवार जातिमा जातीय एकता कायम गराउनसमेत मद्दत पुगेको उल्लेख गरिएको छ । यस्ता प्रत्येक पर्व र उत्सवमा समुदायका सबै जातहरु कुनै न कुनै रुपमा संलग्न हुने अवस्था रहेको बारे चर्चा गरिएको छ ।
अध्याय चौधमा विभिन्न पर्वका बारेमा चर्चा गरिएको छ, जसमध्ये दसैँ, तिहार, म्हपूजा, कृष्णाष्टमी, नारायणको आराधना, गणेशचौथीजस्ता पर्वहरु मनाइने गरेको उल्लेख गरिएको छ । लेखकले पन्ध्रौँ अध्यायमा यी सबै पर्वहरु नेवार समाजमा एकता र निरन्तरताका लागि मह¤वपूर्ण रहेको भन्दै सबै व्याख्या र विश्लेषणको सारांशका रुपमा टिप्पणी गर्नुभएको छ ।
यसरी लेखक गोपालसिंह नेपालीले आफ्नो ‘दी नेवार्स’ कृतिमा नेवारहरुको जन्मदेखि मरणसम्मका बारेमा विस्तृत रुपमा चर्चा गर्नुभएको छ । यो कृति पूर्ण रुपमा नै संरचनागत तथा प्रकार्यात्मक सैद्धान्तिक दृष्टिकोणअन्तर्गत केन्द्रित रहेर तयार पारिएको छ । यसले समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययन, अनुसन्धानमा हालसम्म मह¤वपूर्ण भूमिका राखेको देखिन्छ ।
(लेखक बीरेन्द्र बहुमखी क्याम्पसमा प्राध्यापनरत छन् ।)

Comments

About the author

चितवन पोष्ट