गृह » (गजल)
साहित्य

(गजल)

— अर्जुन अविरल
सुन्छु हल्ला पराईसँगै हाँस्दै छौ रे तिमी अचेल
उसकै निम्ति बरमाला गाँस्दै छौ रे तिमी अचेल

बिर्सिएर मलाई सानु उसकै यादमा तड्पिन्छौ रे
मिलनको दिन गन्न औँला भाँच्दै छौ रे तिमी अचेल

तलदेखि माथिसम्म गर्छौं अरे सुनकै कुरा
साइकल छोडी स्कुटी, कार हाँक्दै छौ रे तिमी अचेल

हामीले पुज्ने त्यही मन्दिरको आजभोलि देउतासँग
उसलाई आफ्नो जीवनसाथी माग्दै छौ रे तिमी अचेल

मेरै घरमा खुसी हुँदै यो खबर त्यहीँ छोडी रैछौ
हाम्रो माया लिलामीमा राख्दै छौ रे तिमी अचेल

 

Comments

About the author

चितवन पोष्ट