गृह » पौडेललाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार
समाचार समाज

पौडेललाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

नवलपरासी । स्वास्थ्य अभियन्ता निर्मला पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।
लुम्बिनी प्लस संस्थाकी अध्यक्ष पौडेललाई मन्त्रालयले नगद ५० हजारसहित सम्मानपत्रमार्फत् सम्मान गरेको हो । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले पौडेललाई पुरस्कार प्रदान गरेका थिए ।
नवलपरासीमा लामो समयदेखि एचआइभी संक्रमितको उपचार, हेरचाह तथा सहयोगमा कार्य गर्दै आएकी पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो ।
नवलपरासी गँैडाकोट निवासी पौडेल लुम्बिनी प्लसको संस्थापक अध्यक्ष समेत हुन् । लुम्बिनी प्लसमा रहेर पौडेलले लामो समयदेखि नवलपरासी जिल्लामा एचआइभी भएपछि हुने भेदभावको अन्त्यका लागि वकालतदेखि रोकथामका लागि विभिन्न कार्य गर्दै आएकी छिन् । रासस

Comments

About the author

चितवन पोष्ट