गृह » धादिङमा पहिरोले जिप पुरियो 
समाचार समाज

धादिङमा पहिरोले जिप पुरियो 

केशव अधिकारी
धादिङ । पृथ्वी राजमार्गअन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १० को जोगिमारास्थित तिकराङमा पहिरोमा परेर एउटा जिप पुरिएको छ । घटनामा चार घाइते भएका छन् ।
बुधबार साँझदेखि परिरहेको वर्षाका कारण रातिबाट पहिरो झरिरहेको छ । पहिरोले पुरेका कारण जीपको नम्बर भने खुल्न सकेको छैन । पहिरो खस्न थालेको देखेपछि जिपमा रहेका चार जना बाहिर निस्कन खोज्दा घाइते हुन पुगेको र उनीहरुलाई रातिनै उद्धार गरी मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको जोगिमारा प्रहरी चौकीले जनाएको छ ।
तिकराङमा सिमेण्ट उद्योगका लागि चाहिने ढुंगा उत्खनन् गर्ने ठूला खानीहरु सञ्चालनमा रहेका छन् । सडकदेखि माथि तिरको ठूलो क्षेत्रफलमा ढुंगाखानी रहेकाले यहाँ पानी पर्ना साथ पहिरो खस्ने र सडक बन्द हुने गर्दछ ।
काठमाण्डौं देखि मुग्लिन तर्फ जाँदै गरेको जिप राती १.३० बजे तिर पहिरोमा पुरिएको र सो जीप निकाल्ने प्रयास भइरहेको धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । पहिरोका कारण पृथ्वीराजमार्गको जोगिमारा खण्डमा सवारी आवागमन अवरुद्ध हुन पुगेपछि पहिरो पन्छाउन स्काभेटर ल्याएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट