गृह » मतपत्र च्यात्नेलाई सरकारी संरक्षण, विरोध गर्नेलाई जेलः उपाध्यक्ष रावल
राजनीति समाचार समाज

मतपत्र च्यात्नेलाई सरकारी संरक्षण, विरोध गर्नेलाई जेलः उपाध्यक्ष रावल

भरतपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कांग्रेस माओवादी गठबन्धनको सरकारले सरकारले मतपत्र च्यात्नेहरूको संरक्षण गरेर त्यसको विरोध गर्नेलाई जेल पठाएको आरोप लगाएका छन् ।
प्रेस चौतारी चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरका एमाले मेयर उम्मेदवार देवी ज्ञवालीका छोरालाई पक्राउ गरेको सन्दर्भमा टिप्पणी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । सोही अवसरमा एमालेका उपाध्यक्ष रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताएका छन् । उनले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे । भरतपुर–१९ मा आज शुक्रबार पुनः मतदान हुँदैछ । बिना कारण सरकारले स्थानीय चुनाव तीन चरणमा गरेको उनले बताए । उनले कांग्रेस माओवादी गठबन्धनको सरकारलाई चरण चरणमा निर्वाचन गरेकोले ‘चरणे’ सरकार भन्ने आरोप पनि लगाएका छन् ।
पत्रकार सम्मेलनमा रावलले प्रदेश सभाको निर्वाचन र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको धारणा रहेको बताए । मौन अवधिमा आएको बारेमा पत्रकारको जिज्ञासामा रावलले भने, ‘प्रधानमन्त्रीले हिजो चितवनमा हिजो केके निरीक्षण गर्नुभएछ भनेर हेर्न आएको । प्रधानमन्त्री आउन हुन्छ भने विपक्षी नेता त यसै आइहाल्छ नि । त्यस्तै उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा (एमाले) पहिलो बन्ने दाबी गर्दै उनले तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताए ।

Comments

About the author

चितवन पोष्ट