गृह » कर्मचारीको जिम्मेवारी हेरफेर
समाचार समाज

कर्मचारीको जिम्मेवारी हेरफेर

रत्ननगर । रत्ननगर नगरपालिकाले कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।
कार्यपालिकाअन्तर्गत गठन भएको कर्मचारी व्यवस्थापन समितिले नगरपालिका भित्रका विभागीय प्रमुख र वडा सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । वडा नं.१ को वडा सचिवमा पदम सापकोटा, वडा नं.२ को सचिवमा रुपबहादुर पण्डित, वडा नं.३ को सचिवमा सुरेन्द्र चौधरी, वडा नं.४ को सचिवमा राजशरण न्यौपाने, वडा नं.५, ६, ७ को संयुक्त बछौली सेवा केन्द्र प्रमुखका पुष्पराज आचार्य, वडा नं.८ को सचिवमा सूर्य ढुंगाना, ९ र १० को संयुक्त सेवा केन्द्र प्रमुखमा बासुदेव रिजाल, वडा नं. ११ र १३ को वडा सचिवमा शिवप्रसाद लामिछाने, वडा नं.१२ को वडा सचिवमा रमेश ताम्राकार र पिठुवा सेवा केन्द्रअन्तर्गतका १४, १५ र १६ नम्बर वडाको वडा सचिवमा शंकर गिरीलाई जिम्मेवारी दिइएको छ ।
राजस्व शाखा प्रमुख हुँदै सामाजिक शाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका पुष्पराज आचार्यलाई बछौली सेवा केन्द्र प्रमुख बनाइएको छ भने बछौली सेवा केन्द्रको प्रमुख बासुदेव रिजाललाई वडा नं. ८ र १० को वडासहितको जिम्मेवारी दिइएको छ । नगरपालिकाले जिन्सीशाखाको प्रमुख नवराज तिवारीलाई सामान्य प्रशासन शाखा, चन्द्रमणि आचार्यलाई जिन्सी शाखा प्रमुख, उर्मिला दाहाललाई सूचना र प्रशासनको जिम्मेवारी दिइएको छ ।
नगरपालिकामा लामो समयसम्म लेखा अधिकृतको रुपमा कार्यरत सीताराम पोखरेललाई कानुन तथा न्याय शाखा प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । सो नगरपालिकाको लेखा अधिकृतको रुपमा सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरबाट ऋषिप्रसाद कटुवाललाई पठाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट