गृह » बालश्रम न्यूनीकरण सम्बन्धी अन्तक्रिया
समाचार समाज

बालश्रम न्यूनीकरण सम्बन्धी अन्तक्रिया

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं.३ लाई बालश्रममुक्त वडा घोषणाका लागि बिहीबार अन्तक्र्रिया गरिएको छ ।
संघका पूर्वअध्यक्ष तथा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण समितिका सदस्य संयोजक दीपककुमार कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराई प्रमुख अतिथि रहेका थिए । ६० जनाको सहभागिता रहेको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य निरज श्रेष्ठले वडाको वर्तमान अवस्था र बालश्रममुक्त वडा घोषणाका लागि पूरा गनुपर्ने प्रक्रियाहरुबारे बताउँदै कार्यक्रमको सहजीकरण गरेका थिए । सो कार्यक्रममा जनचेतना आमा समूहका अध्यक्ष साबित्री बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुभक्त थपलिया, वडा नागरिक मञ्चका संयोजक कृष्णप्रसाद पराजुली र सीएफएलजी वडा संयोजक शीला आचार्य, संघका कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराईले वडालाई बालश्रममुक्त वडा घोषणा गर्नका निमित्त आफू र आफ्नो सम्पूर्ण वडाबासीहरु प्रतिबद्ध रहेको बताए । रत्ननगर नगरपालिकालाई सन् २०१७ सम्म बालश्रममुक्त र सन् २०१९ सम्म बालमैत्री नगर बनाउने लक्ष्यका साथ श्रमिक बालबालिकालाई श्रममुक्त गरी उनीहरुलाई शिक्षा प्रदान गर्ने काम भइरहेको संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।

Comments

About the author

चितवन पोष्ट