गृह » ज्ञापनपत्रको सुनुवाइ नभएको चार दलको आरोप
राजनीति समाचार समाज

ज्ञापनपत्रको सुनुवाइ नभएको चार दलको आरोप

खोलेसिमल । कालिका नगरपालिकाले आफू खुसी बजेट विनीयोजन गरेको आरोप लगाउँदै गत साउन ८ गते चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपालले संयुक्त रुपमा बुझाएको २५ बुँदे ज्ञापनपत्र नगर कार्यपालिकाले हालसम्म पनि सुनुवाइ नगरेको चार दलले आरोप लगाएका छन् ।
कालिका नगरपालिका–६ खोलेसिमलमा बिहीबार पत्रकार सम्मलेन गरी चार दलले उक्त कुरा बताएका हुन् । गत असार ३० गते सम्पन्न कालिका नगरपालिकाको प्रथम नगर सभामाबारे चार दलले विरोध जनाएका थिए । नगर सभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम, एकीकृत सम्पत्ति करलगायत सम्पूर्ण बजेटको विनियोजन प्रति पार्टीको एकलौटी निर्णय भएको भन्दै विरोध जनाएका थिए ।
नगर सभा सम्पन्न गर्दा सरोकारवाला पक्षहरुसँग छलफल र विचार विमर्शबिना नै अत्यन्त अवैज्ञानिक र एकांकी ढंगबाट पारित गरी कार्यान्वयनमा ल्याएको ज्ञापनपत्रमा उल्लेख थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस महासमिति सदस्य कमल आचार्य, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज रामध्वज डल्लाकोटी, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष विष्णुप्रसाद ढुंगाना, नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. ३ सदस्य बुद्धिप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट