गृह » सागर आलेलाई जिताउन अपिल
कला समाचार समाज

सागर आलेलाई जिताउन अपिल

नारायणगढ । सागर आलेमगरलाई नेपाल आइडल बनाउनका लागि मगर संघ चितवन लागिपरेको छ ।
संघबाट आलेलाई जिताउने अभियानका लागि समिति नै गठन गरेर प्रचारप्रसार थालेका छन् । बुधबार नारायणगढमा पत्रकार सम्मेलन गरेर समितिले सागर आलेलाई जिताउनका लागि अभियान थालेको जानकारी गराएको हो । भरतपुर–१३ पटिहानीका सागर अहिले नेपाल आइडलको टप–८ मा पुगेका छन् । उनलाई १ नंं.मा पु¥याउनका लागि सागर आले जिताऔँ अभियान सुरू गरिएको समितिका संयोजक मिलन थापा मगरले जानकारी दिए । चितवनकै शान भएकोले सागरलाई जिताउनका लागि जतिसक्दो भोट गरेर सहयोग गरिदिन चितवनवासीलाई उनले आग्रह गरे ।
सागरलाई जिताउनका हरेक बिहीबार बेलुकी ८ः४५ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म भोट दिन सक्नेछन् । उनलाई भोट दिनका लागि मोबाइलको म्यासेज बक्समा गई १३ टाइप गरी ३५२२५ मा पठाउन मगर संघले आग्रह गरेको छ । नेपाल मगर संघ चितवनका अध्यक्ष सुरवीर थापामगरले सागरलाई नेपाल आइडल बनाउन सके चितवनवासीको शान झनै उच्च हुने भएकोले उनलाई सहयोग गर्ने मौका नगुमाउन चितवनबासीलाई आग्रह गरे ।
सागर आले जिताऔँ अभियानले बुधबार ¥यालीसमेत निकालेको थियो । नारायणगढको पोखरा बसपार्कदेखि प्रचारप्रसारसहित निस्केको ¥याली भरतपुरको चौबिसकोठीमा पुगेर समापन गरिएको थियो ।

Comments

About the author

चितवन पोष्ट