गृह » गुरूकुलमलाई आर्थिक सहयोग
अर्थ समाचार समाज

गुरूकुलमलाई आर्थिक सहयोग

रत्ननगर । श्रीराम वैदिक संस्कृत गुरुकुलमलाई बुधबार आर्थिक सहयोग गरिएको छ ।
असहाय वृद्ध कल्याण समाजकी संस्थापक अध्यक्ष नीरकला शर्माले आफू चौरासी बर्ष पुगेको अवसरमा गुरुकुलमका बटुकहरुलाई एक छाक खानाको लागि पाँच हजार ५०० रुपैयाँ सहयोग गरेकी हुन् । शर्माले सो रकम गुरुकुलमका प्राचार्य वैकुण्ठ अधिकारीलाई हस्तान्तरण गरेकी हुन् । सो गुरुकुलममा ६० जना विद्यार्थीहरु आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।

Comments

About the author

चितवन पोष्ट