गृह » च्याम्प चितवनको उपाधि दिवस र आशुलाई
कला

च्याम्प चितवनको उपाधि दिवस र आशुलाई

गैँडाकोट । एपोलो पेन्ट्स् चयाम्प चितवन २०७४ को प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्पको उपाधि क्रमशः दिवस सापकोटा र आशु श्रेष्ठले हात पारेका छन् ।
५० जनाको समूहमा भएको छनौटबाट दिवस र आशुले सोमबार उपाधि उचालेका हुन् । प्रतियोगितामा सुगोग उपाध्याय र सिम्रन भुसाल फस्ट रनर अप हुन सफल भए भने दिक्पाल गौतम र आर्जु गौतमले सेकेण्ड रनर अपको उपाधि हात पारेका छन् । उपाधि चुम्न सफल उनीहरूले महानायक राजेश हमालको हातबाट उपाधि र पुरस्कार प्राप्त गरे । प्रतियोगीताबाट विजेताहरूले क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सो अवसरमा हामालले बालबालिकामा सकारात्मक रूपमा क्षमता अभिवृद्धि गर्नका लागि यस्तो खालको कार्यक्रमले ठूलो मद्दत पु¥याउने बताए ।
प्रतियोगितामा ३० जना बालिका मध्ये १२ र २० जना बालकहरूबाट ८ जना छनौटमा परेका थिए । त्यसपछि दोस्रो चरणमा ६ जना बालिका र ४ जना बालक फाइनलमा पुगेका थिए । होलिडेज क्रियशन होमले आयोजना गरेको प्रतियोगितामा कुशुम अधिकारी र आरोग्य हमालले कन्जिन्यालिटि अवार्ड, आयुश जोशी र आरजु गौतमले मस्ट क्रियटिभ अवार्ड, आशमान गुरूङ र स्मृती दाहालले मस्ट कन्फिडेन्ट अवार्ड, आर्यन मगर र आशु श्रेष्ठले मस्ट ट्यालेन्ट अवार्ड हात पारे ।
आर्दश लामिछाने र अल्पिका राउतले कम्युनिटी डेडिकेशन अवार्ड हासिल गरे भने सपोर्टिङ प्यारेन्टमा आयुश जोशीका अभिभावक र प्रशिद्धि पन्तका अभिभावकले अवार्ड प्राप्त गरे । प्रतियोगितामा चितवन, नवलपरासी र काठमाडौंका विभिन्न १५ वटा विद्यालयबाट ७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरू सहभागी थिए ।

Comments

About the author

चितवन पोष्ट