गृह » मेडिकल कलेजमा प्लाष्टिक सर्जरी सेवा सुरू
स्वास्थ्य

मेडिकल कलेजमा प्लाष्टिक सर्जरी सेवा सुरू

भरतपुर । चितवन मेडिकल कलेज कलेजले विषेश प्लाष्टिक सर्जरी सेवा सुरू गरेको छ ।
अस्पतालले विभागनै स्थापना गरी सो सेवा सुरू गरेको हो । अस्पतालका अप्रेसन म्यानेज पारस अधिकारीका अनुसार आगोले जलेको र शरिरमा दाग गाठागुठी भएका बिरामीहरुलाई लक्षित गर्दै सो सेवा सुरू गरिएको हो । डा. बुद्धिनाथ अधिकारीको टिमले सो विभागमा सेवा दिने अधिकारीले जानकारी दिए । विभिन्न देशहरुमा गई सेवा दिँदै आएका अनुभवी चिकित्सकहरुबाट सो सेवा सुरू गरिएपछि अब चितवन र यस आसपासमा आगोका कारण जलेर प्लास्टिक सर्जरी गर्नुपर्ने बिरामीलाई काठमाडौं र अन्यत्र जानुपर्ने समस्या नरहेको अधिकारीले बताए ।
अत्याधुनिक उपकरणसहितको सो सेवा पहिले देखिनै सञ्चालनमा आएको भए पनि विभागनै स्थापना गरी सञ्चालनमा भने साउन १५ गतेबाट मात्रै गरिएको हो ।
२०६३ सालमा स्थापना भई मानवीय सेवामा काम गर्दै आएको सो कलेजले मेडिसिन, सर्जरी, हाड जोर्नी तथा नसा, बालरोग, स्त्रीरोग, मनोरोग, छाला, न्यूरो सर्जरी, स्वासप्रस्वास, मुटु रोग, मृगौला रोगलगायतका बिरामीहरुलाई सेवा दिँदै आएको थियो ।
त्यसैगरी कलेजबाट अघिल्लो आर्थिक वर्षमा एक हजार सात सय ३५ जनाले प्रसुति सेवा लिएका छन् । नेपाल सरकार र मेडिकल कलेजबीच भएको सहमति अनुसारको सेवा दिइएको हो । आर्थिक वर्ष २०७३/०७४ मा मात्रै सो कलेजमा दुई लाख ५५ हजार १४३ जनाले सेवा लिएका छन् ।
कलेजमा सेवा लिनेहरु बिपन्न तथा विभिन्न समस्याका कारण शल्यक्रिया गर्नेहरुको संख्या बढी रहेको अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अस्पतालबाट ५९ जना विपन्न तथा गरिबले निःशुल्क सेवा लिएका थिए भने १५ हजार २०० ले अांशिक छुट लिएका छन् । विभिन्न शीर्षकमा सो आंशिक छुट लिएको उनले बताए । यस्तै ६५ जनाले निःशुल्क डाइलासिस सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
बिरामीहरुको चापलाई मध्यनजर गर्दै आस्पतालले ५० रूपैयाँको ओपीडी टिकट लिएपछि जुनसुकै विभागमा पनि सोही टिकटले काम गर्ने गरी सेवा प्रदान गर्दै आएको छ । जसका कारण बिरामी र बिरामीका आफन्तहरुले एउटै टिकटमा विभिन्न रोगका विशेषज्ञ सेवाहरु लिन पाउने गरेको अस्पतालले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट