गृह » विकल्पराज भने मिष्टर कलेज र सञ्जु बनिन् मिस कलेज
कला

विकल्पराज भने मिष्टर कलेज र सञ्जु बनिन् मिस कलेज

भरतपुर । मिष्टर एण्ड मिस कलेज चितवन–२०१७ को उपाधि विकल्पराज श्रेष्ठ र सञ्जु भट्टराईले उचालेका छन् ।
कर्मा इभेन्टस्को आयोजनमा भएको सो प्रतिस्पर्धामा फाइनल राउण्डमा २३ जना युवायुवती छनौट भएका थिए । गैडाकोट नारायणी रिसोर्टमा भएको अन्तिम प्रतिस्पर्धाबाट भरतपुर शिवघाटका श्रेष्ठले मिष्टर कलेजको उपाधि जितेका हुन् ।
उनीहरुले बालकुमारी कलेजमा बीबीएस तहको अध्ययन गरेका छन् । भरतपुर ११ जागृति चोकका भट्टराईले मिस कलेजको उपाधि जितेकी हुन् । उनीहरुले ३५/३५ हजार रुपैयाँ नगद पाउनेछन् । भने लाभा मोबाइल सेट पाएका छन् । यस्तै यूवातर्फ फष्टरनरअप शारदानगरका अश्विन गुरुङ, सेकेण्ड रनरअप नवलपरासीका प्रदेश घिमिरेले जितेका छन् । युवतीतर्फ फष्ट रनर अप सुष्मा ढकाल, सेकेण्डरनरअप रुवि सापकोटाले जितेका छन् । फष्टरनरअपले २०/२० हजार, सेकण्डरनरअपले १०/१० हजार रुपैयाँ नगद पाउनेछन् ।

 

Comments

About the author

चितवन पोष्ट